Author: साइनो नेटवर्क

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

Breaking News 2, राजनीति
कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाले बुनेका सपना, बोकेको सङ्घर्ष र काँधमा काढेको जिम्मेवारीको कथा आज दक्षिण कोरिया हुँदै स्वदेशसम्मै एउटा उदाहरणीय दृष्टान्त बनेको छ । सामान्य श्रमजीवीका रूपमा दक्षिण कोरिया प्रवेश गरेका जितेन्द्र सिंह महताको कोरिया बसाइ  व्यक्तिगत जीविकोपार्जनमा मात्र सीमित रहेन । डेढ दशक लामो प्रवास यात्रालाई ज्ञान, सीप, सामाजिक सेवा र उच्च शिक्षा हासिल गर्ने थलो बनाउँदै हालै स्वदेश फर्किएका महताको यात्राले नयाँ पुस्ताका युवाहरूलाई दृढ इच्छाशक्ति र समाजप्रतिको उत्तरदायित्वको ठुलो सन्देश दिएको छ । कोरियामा रहँदा व्यावसायिक र व्यक्तिगत स्तरोन्नतिका साथै महताले गैरआवासीय नेपाली सङ्घ नेपाली जनसम्पर्क समिति, सुदूरपश्चिम प्रदेश समाज (पूर्वअध्यक्ष तथा संरक्षक) लगायत दर्जनौँ सामाजिक ...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

समाचार
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र (NID) वा त्यसको नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्ने गरी जारी गरेको बाध्यकारी व्यवस्थालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। शुक्रबार अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई पनि नागरिकताका आधारमा सहज रूपमा बैंकिङ सेवा प्रवाह गर्न परमादेश जारी गरेको हो।  अधिवक्ता सरिता अधिकारीले गत असार ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेकी थिइन्। संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) अन्तर्गत दर्ता भएको...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

ताजा अपडेट
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो। यस्तो छ निर्वाचनको सटिक मतपरिणाम: नवनिर्वाचित सभापति गगनकुमार थापा: ६,५८४ मत प्रतिस्पर्धी श्यामकृष्ण खड्गी: ३७५ मत मतान्तर: ६,२०९ मत (गगन थापा विजयी) जम्मा खसेको मत: ७,०३९ मत (५४ मत बदर) महाधिवेशन प्रतिनिधिहरूले पार्टीको सांगठनिक पुनर्संरचना र नयाँ पुस्ताको सशक्त सहभागिताको पक्षमा स्पष्ट जनमत प्रकट गरेका छन्। सभापतिको नतिजा घोषणा भएसँगै बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र रूपमा अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

uncategory
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा संकलित करोडौँ रुपैयाँको चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोप लगाउँदै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको हो। सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा सांसद सुनारमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यद्यपि, उजुरीमा उल्लेखित आरोप पुष्टि भइसकेका छैनन्। सुनारमाथि छानबिन र कारबाहीको माग पार्टीभित्रैबाट समेत उठेको छ। रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले सांसद सुनारलाई कारबाही गर्न माग गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएका छन्। बाँके क्षेत्र नम्बर ३ का स्थानीयसमेत रहेका ओलीले ‘राइट टु रिकल’ ...
कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

ब्यापार
लालझाडी (कञ्चनपुर) । कञ्चनपुरको ऐतिहासिक पुरानो सदरमुकाम बेलौरी बजारको खस्कँदो व्यापार, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी कात्तिकमा ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८३’ आयोजना हुने भएको छ। बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा यो मेला आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुन लागेको हो। मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश राज पन्तले स्थानीय बजारको दयनीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। "बेलौरीको व्यापार एकदम खस्किएको अवस्था छ, यहाँका करिब ६० प्रतिशत पसलहरू बन्द भइसकेका छन्," अध्यक्ष पन्तले भन्नुभयो, "यही बजारलाई कसरी उन्नति र प्रगति तर्फ लैजाने, यहाँका किसान र व्यापारीका समस्या कसरी समाधान गर्ने भन्ने मूल उद्देश्यका साथ हामीले यो महोत्सव आयोजना गरेका हौँ।" ...
तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

uncategory, सम्पादकीय
धनगढी ,असोज -२१ चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन। खगराज भट्ट २०८३ साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।बजेट ढिलाइसँगै योजना छनोटमा बिचौलिया र आर्थिक चलखेल हुने गरेको भन्ने जनगुनासो पनि सार्वजनिक रूपमा उठिरहेको छ। धनगढीका होटल तथा चियापसलमा योजना समावेश गराउने विषयमा मोलमोलाइ हुने र आर्थिक प्रभावका आधारमा योजना छनोट हुने गरेको भन्ने आरोप विगत देखि लाग्दै र देखिदै आएको छ। विगतका वर्षहरुमा जनभावना अनुसार बजेट नआएर कार्यकर्ताहरुको भावनासँग जोडिएर आउने बजेट चालू आ ब मा पनि त्यहीँ दोहोरिएको आशंका आम नागरिकमा उब्जिएको छ । अब भट्ट नेतृत्वको सरकारले तीन महिनापछि ल्याउन लागेको बजेटमा मुख्य प्रश्न छ—योजना आवश्यकता र प्राथमिकताका आधारमा छनोट भएका छन् कि पहुँच र प्रभावका आधारमा? सरकारले बजेट सार्वजनिक गर्दा योजना छनोटको...
जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

सम्पादकीय
      २०८२ फागुन २१ गतेमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनमतले मुलुकको राजनीतिमा ठुलो उथलपुथल ल्याएको छ। स्थापित राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र) प्रतिको बढ्दो जननिरासाका कारण संघमा रास्वपा झन्डै दुई तिहाइ बहुमतसहित पहिलो दल बन्न सफल भयो। संघको यो राजनीतिक तरंगपछि अब हुन गइरहेको प्रदेश तथा स्थानीय तहको निर्वाचनमा विगतदेखि हालसम्म जनताको विश्वास गुमाएका पुराना दलहरूका लागि आफ्नो अस्तित्व र साख जोगाउन निकै चुनौतीपूर्ण हुने देखिएको छ। विगतदेखि वर्तमानसम्म: किन मर्यो पुराना दलमाथिको विश्वास? राजनीतिक विश्लेषकहरूका अनुसार २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस र एमाले, तथा २०६३ सालको शान्ति प्रक्रियापछि माओवादी केन्द्रमाथि आम जनताले ठुलो भरोसा गरेका थिए। तर, दशकौँसम्म आलोपालो सत्ताक...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

विचार
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागुनभित्र स्थानीय र प्रदेश तहको निर्वाचन गर्ने तयारी गरिरहँदा कञ्चनपुरको लालझाडी गाउँपालिकामा चुनावी सरगर्मी निकै चुलिएको छ। यसै क्रममा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लालझाडी गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट फुत्काउन त्रिपक्षीय महाभिडेन्त हुने निश्चित देखिएको छ। रास्वपाबाट गाउँपालिका अध्यक्षको टिकटका लागि भिड्न लागेका तीनै जना आकांक्षीहरू स्थानीय स्तरमा खरो समाजसेवी, विकास प्रेमी, भ्रष्टाचार विरोधी र सुशासनका हिमायती मानिन्छन्। सबैभन्दा रोचक पक्ष त के छ भने, यी तीनै जना उम्मेदवारहरू जातीयता र क्षेत्रीयताको संकुचित सोचभन्दा माथि उठेर वर्गीयताको सूत्रमार्फत सामाजिक सद्भाव कायम राख्न सक्ने स्वच्छ छविका बौद्धिक व्यक्ति...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिम
लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सातवटै पहाडी जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेका हुन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार निरन्तरको वर्षाका कारण सडक तथा यातायातमा जोखिम बढ्न सक्ने भएकाले प्रशासनको निर्णयअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। रोक अवधिमा पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। प्रशासनले वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेकाले यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। ट्राफिक प्रहरीले नि...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

अन्तर्राष्ट्रिय, मौसम
थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ। विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकै बस्ने ६७ वर्षीया सोमकित फ्युक–ङामले पानी कम्मरसम्म पुगेको बताउनुभएको छ। लगातारको डुबानका कारण उनले दुई दिनदेखि आफ्नो पसल बन्द गरे। ‘पानी निरन्तर बढिरहेको छ। अहिले बाहिर निस्कन निकै कठिन छ। यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिन्छ।’ सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो। बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भए...