Author: साइनो नेटवर्क

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

समाचार
लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समुदाय सदस्यका परिवारका ५ जना सदस्य बेपत्ता भएका छन्। संस्थाका अनुसार विभिन्न शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यका परिवारका सदस्यहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–३ का प्रशान्त रेस्मी (३१), दाङ तुलसीपुर उपमहानगरपालिका–१९ का सुरेश चौधरी (३८), चितवन इच्छाकामना गाउँपालिका–१ का सुमन पुरी (३५), चितवन भरतपुर महानगरपालिका–१२ का कृष्णराज अर्याल (७०) र कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का रमेशराज जोशी (३३) रहेका छन्। बाढीपछि उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा ...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

समाचार
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ठूलो आर्थिक राहत प्रदान गरेको छ। बेलौरी नगरपालिका वडा नम्बर ४, बुटावारी ठेगाना भई संस्थाको निंगलासैनी बैंकिंग समुदायमा आबद्ध सदस्य शुसिला सिंह शाही (सदस्यता नम्बर: ३७.००७८.०१.१) को गत २०८३ साल वैशाख २१ गते असामयिक निधन भएको थियो। दिवंगत शाहीले २०८० साल पुस २० गते संस्थाबाट १ लाख ५ हजार रुपैयाँ कर्जा लिनुभएको थियो। उहाँको निधनपछि तिर्न बाँकी रहेको १ लाख १ हजार ७ सय १ रुपैयाँ सावाँ और ४० हजार ७ सय १५ रुपैयाँ ब्याज संस्थाको ग्राहक संरक्षण कोषबाट पूर्ण रूपमा मिनाहा गरिएको छ। यसै गरी, संस्थाले मृतकको परिवारलाई किरिया खर्च बापत थप ३ हजार रुपैयाँ समेत उपलब्ध गराएको छ। कर्जा मिनाहा र किरिया खर्चको हिसाब मिलान गरी कुल १ लाख ४५ हजार ४ सय १६ रु...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

प्रदेश समाचार
  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रूपैयाँँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । शाखा संचालन कार्यालयमा कर्जा बीमा गरेका सेयर सदस्यको निधनपछि पीडितका परिवारलाई ४ लाख रूपैयाँँ बीमा हस्तान्तरण गरेको हो ।   शाखा कार्यालयका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ । शाखा संचालन कार्यालय ककौराका शाखा संचालन अधिकृत हंश नेपालीले शाखाअन्तर्गत गठित समूहमा सितली दमाई आधिकारिक रूपमा दर्ता भएकी सदस्य भएको बताए । सितलीले कर्जा लिँदा साक्षीका रूपमा श्रीमान् जैदे दमाईलाई राखेकी थिइन् । जैदेको साउन महिनामा कालगतिले निधन भएको थियो । संस्थामा आधिकारिक रूपमा दर्ता सदस्यकी रूपमा रहेकी सितलीलाई उनको घरमा पुगेर ४ लाखको चेक हस्तान्तरण गरेको शाखा प्रमुख न...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

समाचार
  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ४ लाख आर्थिक सहयोग गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रदान गरेको हो। संस्थाले प्रदान गरेको सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बराललगायतको उपस्थितिमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री कृष्णबहादुर राउतलाई हस्तान्तरण गरिएको जनाइएको छ। सोही अवसरमा संस्थाका प्रतिनिधिहरूले मन्त्री सीता बादीलाई समेत भेट गरी राहत रकम हस्तान्तरण तथा संस्थाको राहत संकलनसम्बन्धी योजनाबारे जानकारी गर...
रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

आजको विशेष
 लालझाडी ३ रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुर र डडेल्धुराका १३ जना कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवामा सञ्चालित जलविद्युत् आयोजनामा कार्यरत थिए। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का नरेश चौधरी, हरिश चौधरी र नरेन्द्र चौधरी बुधबार बिहानदेखि सम्पर्कविहीन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार तीनै जना गत असारमा रोजगारीका लागि रसुवा पुगेका थिए। त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाका १० जना कामदार पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। वडा नम्बर ३ कान्तिपुरका ६ जना, वडा नम्बर ७ नाउजीका तीन जना र वडा नम्बर ८ कुर्जेनीका एक जना सम्पर्कविहीन रहेको वडाध्यक्ष बलबहादुर बुढामगरले बताए। सम्पर्कविहीन हुनेमा कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली रहेका छन्। त्यस्तै, नाउजीका दीपक घर्त...
बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

समाचार
   लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने स्थानीय किसानले लगाएको धान तथा तिलबालीमा समेत ठूलो क्षति पु¥याएको छ । मंगलबार राति करिब २ बजेतिर बस्तीमा प्रवेश गरेको जंगली हात्तीले स्थानीय किसानको खेतमा पसेर धान खानुका साथै तिललगायतका बाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीले राति करिब ३ बजेतिर क्याम्प टोल निवासी गीता गुर्धामी बस्दै आएको घरमा आक्रमण गरी भत्काइदिएको हो । दुई साना बच्चासहित घरमा एक्लै रहेकी गुर्धामीले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन बच्चासहित भागेर सुरक्षित स्थानमा पुग्न सफल भएको बताइएको छ । समयमै भाग्न सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ । बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासी तथा नेपाली सेना र रेञ्जर पोष्टका कर्मचारीहरूले संयुक्त रूपमा भगाउने प...
जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

Breaking News 2, मौसम
जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको छ । गम्भीर रुपमा घाइते हुनुभएका कार्किलाई हिजो नै कोहलपुर मेडीकल कलेजमा रीफर गरिएको थियो । उपचारको क्रममा उहाँको आज विहान मृत्यु भएको आफन्त टीकारजंग वलीले जानकारी दिनुभयो । त्यस्तै हालसम्म पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन् । उक्त पहिरोबाट सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा वडा २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन्। ...
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह

Breaking News 1, मौसम
अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् । मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएक...
कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

समाचार
कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल फर्वार्ड बेस कार्गिलडाँडा बाट सशस्त्र प्रहरी नायब निरीक्षक केवल बहादुर ओलीको कमाण्डमा खटिएको पाँच जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शुक्लाफाँटा नगरपालिका–६ कसरौल निवासी २४ वर्षीय अनिश रानालाई शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा रानाको साथबाट ABL SPASMED नामक ४३ वटा ट्याब्लेट र NITRZPM-10 नामक ८ वटा ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी फटियामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

समाचार
मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको प्रशासनिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन्। चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) ले वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लगाउँदै दुवै अधिकारीलाई हटाउनुपर्ने माग गरेका छन्। अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० भन्दा बढीले राजीनामा बुझाइसकेका छन् भने अन्य चिकित्सकको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ। अस्पतालका डा.उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू आकस्मिक सेवा सञ्चालन गर्न सहमत भएका थिए। आक्रमणमा संलग्नमाथि कारबाही गर्ने आश्वासनपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफल भन...