मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

Advertisement

बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन् ।

बैतडी । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो । जसअन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो ।

कुल सात करोडमा आर्थिक वर्ष २०७७÷०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे तीन करोडमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म निर्माण कम्पनीले एक करोड बजेट भुक्तानी पाइसकेको छ । काम पनि ५० प्रतिशत पनि नपुगेको मेलौली नगरपालिकाको योजना शाखाले जनाएको छ ।

सम्झौता अनुसार ६ वटा गेटहरु, दुई वटा पार्कसहितको पोखरी, १ सय ३४ रोपनी क्षेत्रमा घेरपर्खाल लगाउने र देवन्वालोदेखि मन्दिरसम्म पिसिसिबाटो निर्माण गर्ने योजना थियो । सो अनुसार देवन्वालोदेखि मन्दिरसम्मको पिसिसी बाटो बाहेक अन्य कुनै पनि काम सम्पन्न हुन नसकेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए । यस क्षेत्रको महत्त्वसँग जोडिएको यस मन्दिर व्यवस्थापनका लागि आएको बजेटलाई पालिकाले चाँसो दिनुपर्ने नायकले जानकारी दिए । मेलौली भगवति मन्दिर देशरीमा उत्कृष्ट एक सय पर्यटन गन्तव्यको सूचीमा परेको धार्मिक क्षेत्र हो । यस मन्दिर परिसरमा आवश्यक पूर्वाधार निर्माणका लागि पालिकासँगको संयुक्त साझेदारीमा योजना अघि बढाउन मन्त्रालयले ५५ प्रतिश्त बजेट सुनिश्चित गरेको थियो ।

मेलौली नगरपालिकाका अनुसार मन्त्रालयले सुनिश्चित गरेको बजेट निकासा नगर्दा योजना समयमा सम्पन्न हुन नसकेको जनाएको छ । एक पटक मात्रै करिब ४० लाख बजेट मन्त्रालयले पठाएको र नगरपालिकाबाट बाँकी रकमगरी एक करोडबढी निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले जानकारी दिए ।

यहाँबाट कार्यसम्पादन भएका योजनाको सबै विवरणहरू पटकपटक पेस गरेको भए पनि मन्त्रालयले बजेट नपठाएपछि योजनामा ढिलाइ भएको उनले बताए । मन्त्रालयले बजेट नपठाएकै हुनाले योजना समयमा सम्पन्न हुन नसकेको मेलौलीका नगर प्रमुख भीमबहादुर चन्दले बताए ।

चालु आर्थिक वर्षमा पनि नगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । निर्माण भइरहेका योजनाहरू हालसम्म पनि सम्पन्न नहुँदा मेलौलीको सौन्दर्यता मासिन पुगेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकको भनाई छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...