गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

Advertisement

संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् ।

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ ।

साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आधारभुत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेका बताउनुभएको छ ।

अघिल्लो महिना जुलाईमा गाजामा पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका तीव्र कुपोषणबाट पीडित भएको पहिचान गरिएको थियो । इजरायल र हमास लडाकू समूहबीच गाजामा लडाइँ चलिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...