भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

Advertisement

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ।

विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ।

मध्य बैंककको उत्तरतर्फ नहर नजिकै बस्ने ६७ वर्षीया सोमकित फ्युक–ङामले पानी कम्मरसम्म पुगेको बताउनुभएको छ। लगातारको डुबानका कारण उनले दुई दिनदेखि आफ्नो पसल बन्द गरे। ‘पानी निरन्तर बढिरहेको छ। अहिले बाहिर निस्कन निकै कठिन छ। यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिन्छ।’

सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो। बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भएपछि बैंककका सडक डुबानमा परेका छन्। राजधानीका नहरमा पानीको सतह बढ्दा नहर आसपासका धेरै घर र रेस्टुरेन्टमा पानी पसेको छ।

आरी क्षेत्रमा मोटरसाइकल चलाउने साम्रुआय नाक्कामनुएङले काममा जान घरबाट निस्कँदा अगाडिको सडक पूरै डुबेको बताए। ‘यति धेरै पानीमा मेरो मोटरसाइकल चलाउन सकिएला कि नसकिएला भन्ने चिन्ता लागेको थियो,’ उनले भने।

दक्षिणपूर्वी क्षेत्रमा पर्ने अन नुतमा स्थानीय बासिन्दाहरू घुँडासम्म आउने बाढीको पानीमा हिँडिरहेका देखिएका थिए। कतिपयले घर सुरक्षित राख्न बालुवाले भरिएका बोरा पनि तयार गरिरहेका थिए।

नहरहरू पानीले भरिए

बैंककका गभर्नर चादचार्त सिटिपुन्तले राजधानीको पूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरे।

‘वर्षा निरन्तर भइरहेको छ। हामी पानी बाहिर निकाल्न सक्दो प्रयास गरिरहेका छौँ, तर नहरहरू पनि पानीले भरिएका छन्,’ उनले  सामाजिक सञ्जालमा भने।

नहर आसपास बसोबास गर्ने मानिसहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै उनले राजधानीका सबै नहर लगभग भरिइसकेको बताए।

जीवनरक्षक स्वास्थ्य उपकरणमा निर्भर शय्यामा रहेका बिरामीहरूलाई केही समयका लागि अस्पतालमा सुरक्षित स्थानान्तरण गर्न पनि गभर्नरले सुझाव दिए । साथै, स्थानीय बासिन्दालाई आफ्ना सवारीसाधन अग्लो स्थानमा सार्न आग्रह गरिएको छ।

बैंककको सार्वजनिक यातायात निकायले अक्टोबर २ सम्म सवारीसाधन सुरक्षित राख्नका लागि रेल सेवाका ‘पार्क एन्ड राइड’ पार्किङस्थल निःशुल्क प्रयोग गर्न दिने व्यवस्था गरेको छ।

विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार आइतबारसम्म पूर्वी, उत्तरपूर्वी तथा मध्य थाइल्यान्डमा न्यून चापको प्रभाव रहनेछ। यसका कारण आकस्मिक बाढी, पहाडी क्षेत्रबाट बग्ने पानी, पहिरो तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको विभागले चेतावनी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँक...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्व...