Day: २०८३ आश्विन १०, शनिबार

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिम
लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सातवटै पहाडी जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेका हुन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार निरन्तरको वर्षाका कारण सडक तथा यातायातमा जोखिम बढ्न सक्ने भएकाले प्रशासनको निर्णयअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। रोक अवधिमा पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। प्रशासनले वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेकाले यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। ट्राफिक प्रहरीले नि...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

अन्तर्राष्ट्रिय, मौसम
थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ। विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकै बस्ने ६७ वर्षीया सोमकित फ्युक–ङामले पानी कम्मरसम्म पुगेको बताउनुभएको छ। लगातारको डुबानका कारण उनले दुई दिनदेखि आफ्नो पसल बन्द गरे। ‘पानी निरन्तर बढिरहेको छ। अहिले बाहिर निस्कन निकै कठिन छ। यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिन्छ।’ सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो। बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भए...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

Breaking News 2, मौसम
आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। त्यस्तै, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा आसपासका जिल्लामा बहने स-साना नदीमा बहाव उल्लेख्य...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

Breaking News 1, समाचार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार, रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३ सय ८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

खेलकुद
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै १५० रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण जापान जवाफी ब्याटिङमा उत्रन पाएन र खेल रद्द गरियो । योसँगै नेपाल २ खेलबाट ३ अंकसहित समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्‍यो । नेपालले हिजो शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ । खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ ।...
रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। बुधबार रास्वपा तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए। ‘नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन। तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,’ उनले भने, ‘तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धाभन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस्।’ उनले पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘कसमा क्षमता बढी छ भन्ने कुरामा प्रतिस्पर्धा होस्,’ महामन्त्री आचार्यले भने। बैठकमा जिल्लाको पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा सङ्गठन सुदृ...
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

Breaking News 2, राजनीति
राजनीतिक विष्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत खनालले यस्तो बताएका हुन्। 'नेकपा एमाले पार्टी जीवनको जुन समय, परिवेश र अकर्मण्यताको अवस्थामा अधिनायकवादी ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा भित्र्याएका छन्- त्यसले एमालेको पतनलाई अझ नजिक्याएको छ,' उनले भने। पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्रित रहेको खनालको भनाइ छ। अर्कोतिर, पार्टीमा 'जाने' र 'लाने'का उद्देश्यहरू पनि एक अर्काका विपरीत रहेको बताए। साथै, उनले नेकपा एमालेमा विद्या भण्डारीको प्रवेश समाधन नभइ नयाँ द्वन्द्वको घमासान मात्र हुने बताएका छन्। 'पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्र...