अन्तर्राष्ट्रिय

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

अन्तर्राष्ट्रिय, मौसम
थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ। विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकै बस्ने ६७ वर्षीया सोमकित फ्युक–ङामले पानी कम्मरसम्म पुगेको बताउनुभएको छ। लगातारको डुबानका कारण उनले दुई दिनदेखि आफ्नो पसल बन्द गरे। ‘पानी निरन्तर बढिरहेको छ। अहिले बाहिर निस्कन निकै कठिन छ। यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिन्छ।’ सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो। बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भए...
राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

Breaking News 1, अन्तर्राष्ट्रिय, राजनीति
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भोटेकोशी–त्रिशूली विपत्तिदेखि हिमालयमा जलवायु सहकार्य, जलवायु न्याय, युद्ध र खाद्य आपूर्ति, तथा नयाँ विश्व व्यवस्थासम्मका विषय उठाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए। उनले हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन, तथ्यांक आदानप्रदान, हिमताल निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोगको प्रस्ताव गरे। शाहले जलवायु न्याय, क्षति–नोक्सानीको जिम्मेवारी, न्यायपूर्ण आपूर्ति प्रणाली र साना तथा गरिब देशको आवाज सुनिने बहुपक्षीय विश्व व्यवस्थामा जोड दिए। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवाय...
जलवायु न्यायमा गुटेरेसको जोड

जलवायु न्यायमा गुटेरेसको जोड

Breaking News 2, अन्तर्राष्ट्रिय, मौसम
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

अन्तर्राष्ट्रिय
  लालझाडी ३ कंचनपुर, लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ। यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०११ मा गरिएको जनगणनाले भारतको जनसङ्ख्या एक अर्ब २१ करोड रहेको देखाएको थियो। अहिले भने यो सङ्ख्या एक अर्ब ४० करोड नाघिसकेको अनुमान गरिएको छ, जसले भारतलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित गरेको छ। सन् २०२१ मै सुरु गर्ने योजना भए पनि कोभिड–१९ महामारी र व्यवस्थापकीय चुनौतीका कारण जनगणना स्थगित हुँदै आएको थियो। नयाँ जनगणनाको पहिलो चरण बुधबारदेखि सुरु भई सेप्टेम्ब...
कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखे इरानको ग्यास क्षेत्र पुर्णरुपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखे इरानको ग्यास क्षेत्र पुर्णरुपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

अन्तर्राष्ट्रिय
मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । उहाँले यदि तेहरानले कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेमा, संयुक्त राज्य अमेरिकाले इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्रलाई व्यापक रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ। हालैका आक्रमणहरूपछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै पाँच प्रतिशतले बढेको छ, जसले आपूर्ति शृङ्खला दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ । इरानले कतारको रास लाफान एलएनजी केन्द्रसहित खाडी क्षेत्रका ऊर्जा संरचनामा शृङ्खलाबद्ध आक्रमण गरेको छ, जुन इजरायलले दक्षिण पार्स क्षेत्रमा गरेको आक्रमणको प्रतिकारका रूपमा भएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले इरानले कतारमाथि आक्रमण रोकेमा इ...
बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार

बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार

Breaking News 1, अन्तर्राष्ट्रिय
इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको छ। रोयटर्सका अनुसार एउटा मिसाइल दूतावासको भवनमा ठोक्किएको र त्यसपछि धुवाँ निस्किएको देखिएको थियो। यद्यपि, यसबाट भएको क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन। एपीको रिपोर्ट अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको थियो। एएफपीले भने दूतावासमाथि ड्रोन आक्रमण भएको उल्लेख गरेको छ। बगदादमा इरान समर्थित दुई लडाकु मारिएको खबर आएलगत्तै यो आक्रमण भएको हो।...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ । साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आधारभुत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेका बताउनुभएको छ । अघिल्लो महिना जुलाईमा गाजामा पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका ती...
घानामा हेलिकोप्टर दुर्घटना : रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

घानामा हेलिकोप्टर दुर्घटना : रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ । यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचासंस्था एपीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद, सत्तारूढ नेशनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद, र चार जना चालक दलका सदस्य रहेका छन् । हेलिकोप्टर राजधानी आक्राबाट बिहान सुनखनन क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन भएको थियो। केही घण्टापछि त्यसको भग्नावशेष अदांसी, अशान्ति क्षेत्रमा फेला परेको समाचारमा जनाइएको छ । सरकारले यो दुर्घटनालाई ‘राष्ट्रिय शोक’ को संज्ञा दिएको छ । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न रक्षामन्त्री बोआमहको नि...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ । मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार अमेरिका भ्रमणको समाप्तिसँगै धरौटी रकम चाहिँ फिर्ता हुनेछ । अवैध आप्रवासीहरूको प्रवाह रोक्ने राष्ट्रपति डोनल्ड ट्रम्पका कैयौँ कदमअन्तर्गत अमेरिकी प्रशासनले यो नियम ल्याएको हो । ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो...
युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो

युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरिराख्न प्रोत्साहन मिलेको बताउनुभएको छ । रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताउनुभएको हो । अस्ति शनिवार रातिदेखि रुसले झन्डै चार सयवटा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जना नागरिकको ज्यान गएको छ । यो सन् २०२२ मा रुसले आक्रमण शुरु गरेयताको सबैभन्दा ठूलो हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमाथि अत्याचार गरिरहेको प्रतिक्रिया दिनुभएको छ । यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताउनुभएको छ । उहाँले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गर्न...