राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

Advertisement


प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भोटेकोशी–त्रिशूली विपत्तिदेखि हिमालयमा जलवायु सहकार्य, जलवायु न्याय, युद्ध र खाद्य आपूर्ति, तथा नयाँ विश्व व्यवस्थासम्मका विषय उठाएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए।

  • उनले हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन, तथ्यांक आदानप्रदान, हिमताल निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोगको प्रस्ताव गरे।
  • शाहले जलवायु न्याय, क्षति–नोक्सानीको जिम्मेवारी, न्यायपूर्ण आपूर्ति प्रणाली र साना तथा गरिब देशको आवाज सुनिने बहुपक्षीय विश्व व्यवस्थामा जोड दिए। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेतावनीका रूपमा प्रस्तुत गरेका छन् ।
  • हिमनदी पग्लिने, पर्माफ्रस्ट अस्थिर हुने र हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढिरहेको भन्दै उनले जलवायु संकट सीमाविहीन भएकाले नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए । उनले तीन देशको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन गरी तथ्यांक र विशेषज्ञता आदानप्रदान, हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोग अघि बढाउन प्रस्ताव गरे ।

    १. भोटेकोशी विपत्ति  : जलवायु संकटको चेतावनी

    प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भोटेकोशी–त्रिशूली विपत्तिलाई नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए । जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै उनले हिमालय क्षेत्रमा सहकार्यको प्रस्ताव गरे ।

    उनले भने, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन । हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन् ।’

    २. नेपाल–भारत–चीनको ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’

    हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न उनले प्रस्ताव गरेका छन् । भू–उपग्रहका तथ्यांक आदानप्रदान, हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार सहायता यसका मुख्य काम हुनेछन् ।

    ‘तत्काल चाल्नुपर्ने पहिलो कदमका रूपमा हामी नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्दछौँ,’ उनले भने । त्यस्तै प्रधानमन्त्री शाहले जोखिमपूर्ण हिमतालको निगरानी,संयुक्त पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिए । उनले अगाडि भने, ‘विपत्ति आइपर्दा सीमापार सहायता समन्वय गरौँ । हिमालयलाई विभाजित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ ।’

    ३. जलवायु न्याय र क्षति–नोक्सानी

    विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु विपत्तिको ठूलो मूल्य नेपालले चुकाइरहेको शाहले बताए । बढी योगदान गरेका र सामना गर्ने क्षमता भएका मुलुकले बढी जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो संकट हामीले सिर्जना गरेका होइनौँ । तर यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौँ ।’

    ४. युद्धका लागि आपूर्ति सहज, किसानका लागि मल किन छैन ?

    शाहले विश्वको आपूर्ति प्रणालीप्रति प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन नपाउने अवस्था रहेको बताए ।

    उनले भने, ‘हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ ।’

    उनले ७२ घण्टामा हतियार संसारको जुनसुकै ठाउँमा पुर्‍याउन सक्ने विश्वले किसानलाई आवश्यक सामग्री उपलब्ध गराउन नसक्नुको कुनै बहाना नहुने बताए ।

    ५. न्यायपूर्ण विश्व व्यवस्था र नयाँ पुस्ताको आवाज

    शाहले साना र गरिब देशको आवाज सुनिने बहुपक्षीय व्यवस्था आवश्यक रहेको बताए । जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ र संकटको लागत कसले बेहोर्छ भन्ने प्रश्नसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

    उनले भने, ‘जलवायु न्याय केवल पैसाको विषय होइन ।’

    उनले युवाले मागेको इमानदारी र जवाफदेहितालाई नयाँ लोकतान्त्रिक पुस्तान्तरणसँग जोड्दै नेपालले रोजगारी, सामाजिक सुरक्षा र समान अवसरमा जोड दिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँक...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्व...