राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भोटेकोशी–त्रिशूली विपत्तिदेखि हिमालयमा जलवायु सहकार्य, जलवायु न्याय, युद्ध र खाद्य आपूर्ति, तथा नयाँ विश्व व्यवस्थासम्मका विषय उठाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए।
उनले हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन, तथ्यांक आदानप्रदान, हिमताल निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोगको प्रस्ताव गरे।
शाहले जलवायु न्याय, क्षति–नोक्सानीको जिम्मेवारी, न्यायपूर्ण आपूर्ति प्रणाली र साना तथा गरिब देशको आवाज सुनिने बहुपक्षीय विश्व व्यवस्थामा जोड दिए। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवाय...






