राजनीति

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

Breaking News 2, राजनीति
कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाले बुनेका सपना, बोकेको सङ्घर्ष र काँधमा काढेको जिम्मेवारीको कथा आज दक्षिण कोरिया हुँदै स्वदेशसम्मै एउटा उदाहरणीय दृष्टान्त बनेको छ । सामान्य श्रमजीवीका रूपमा दक्षिण कोरिया प्रवेश गरेका जितेन्द्र सिंह महताको कोरिया बसाइ  व्यक्तिगत जीविकोपार्जनमा मात्र सीमित रहेन । डेढ दशक लामो प्रवास यात्रालाई ज्ञान, सीप, सामाजिक सेवा र उच्च शिक्षा हासिल गर्ने थलो बनाउँदै हालै स्वदेश फर्किएका महताको यात्राले नयाँ पुस्ताका युवाहरूलाई दृढ इच्छाशक्ति र समाजप्रतिको उत्तरदायित्वको ठुलो सन्देश दिएको छ । कोरियामा रहँदा व्यावसायिक र व्यक्तिगत स्तरोन्नतिका साथै महताले गैरआवासीय नेपाली सङ्घ नेपाली जनसम्पर्क समिति, सुदूरपश्चिम प्रदेश समाज (पूर्वअध्यक्ष तथा संरक्षक) लगायत दर्जनौँ सामाजिक ...
रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। बुधबार रास्वपा तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए। ‘नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन। तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,’ उनले भने, ‘तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धाभन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस्।’ उनले पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘कसमा क्षमता बढी छ भन्ने कुरामा प्रतिस्पर्धा होस्,’ महामन्त्री आचार्यले भने। बैठकमा जिल्लाको पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा सङ्गठन सुदृ...
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

Breaking News 2, राजनीति
राजनीतिक विष्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत खनालले यस्तो बताएका हुन्। 'नेकपा एमाले पार्टी जीवनको जुन समय, परिवेश र अकर्मण्यताको अवस्थामा अधिनायकवादी ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा भित्र्याएका छन्- त्यसले एमालेको पतनलाई अझ नजिक्याएको छ,' उनले भने। पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्रित रहेको खनालको भनाइ छ। अर्कोतिर, पार्टीमा 'जाने' र 'लाने'का उद्देश्यहरू पनि एक अर्काका विपरीत रहेको बताए। साथै, उनले नेकपा एमालेमा विद्या भण्डारीको प्रवेश समाधन नभइ नयाँ द्वन्द्वको घमासान मात्र हुने बताएका छन्। 'पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्र...
राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

Breaking News 1, अन्तर्राष्ट्रिय, राजनीति
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भोटेकोशी–त्रिशूली विपत्तिदेखि हिमालयमा जलवायु सहकार्य, जलवायु न्याय, युद्ध र खाद्य आपूर्ति, तथा नयाँ विश्व व्यवस्थासम्मका विषय उठाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए। उनले हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन, तथ्यांक आदानप्रदान, हिमताल निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोगको प्रस्ताव गरे। शाहले जलवायु न्याय, क्षति–नोक्सानीको जिम्मेवारी, न्यायपूर्ण आपूर्ति प्रणाली र साना तथा गरिब देशको आवाज सुनिने बहुपक्षीय विश्व व्यवस्थामा जोड दिए। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवाय...
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

Breaking News 2, राजनीति
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका उनको सचिवालयले जनाएको छ। भेटमा दुवै मन्त्रीले नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेका छन्। उनीहरूबिच नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको छ।...
रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

Breaking News 2, राजनीति
चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारदेखि रोकिएको मङ्गलबार दिउँसो साढे ३ बजेपछि बन्दसत्र सुरु भएको हो। रास्वपाका शीर्ष नेता बन्दसत्र हुने हलमा पुगिसकेका छन्। पार्टी सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता मञ्चमा उपस्थित हुनुहुन्छ। सभापति लामिछानेले घण्टी बजाएर बन्दसत्रको सुरुवात गर्नुभएको छ। बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिनुभएको छैन। प्रधानमन्त्री शाह राजनीतिक प्रतिवेदन पेस गर्नुअघि हलमा उपस्थित हुनुहुने छ । बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले भन्नुभयो, “हामीले देखेका सपनालाई आधिकारिकता दिने यो अवसर हो।” सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको उल्लेख गर्दै परिणाम दिनुपर्नेमा जोड दिनुभयो । रास्वपामा योग्य व्यक्तिलाई मात्र प्...
हर्कलाई बालेनको सन्देश : “आक्रोश होइन, सहकार्यबाट देश बन्छ”

हर्कलाई बालेनको सन्देश : “आक्रोश होइन, सहकार्यबाट देश बन्छ”

Breaking News 1, राजनीति
काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र साहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै संयमता, सहकार्य र सभ्य संवादको सन्देश दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बालेनले समाज परिवर्तनका लागि हर्क साम्पाङले खेलेको भूमिकाको प्रशंसा गर्दै अबको राजनीति आरोप–प्रत्यारोपभन्दा माथि उठ्नुपर्ने बताएका हुन् । उनले देश निर्माणका लागि आपसी सम्मान, सकारात्मक सोच र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै असहमति भए पनि त्यसको समाधान “सभ्य संवाद र विवेकपूर्ण बहस” बाट खोजिनुपर्ने धारणा राखेका छन् । “राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” बालेनको सन्देशमा उल्लेख छ । पछिल्लो समय हर्क साम्पाङले सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषयदेखि अध्यादेश, बजेट र सरकारको कार्यशैलीमाथि लगातार आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । उनले सरकार “दुर्घटनातिर कुदिरहेको” आरोपसमेत...
ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने-‘कानुनभन्दा माथि कोही छैन

ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने-‘कानुनभन्दा माथि कोही छैन

राजनीति
  लालझाडी, चैत १४ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्दै उनले कानुनभन्दा माथि कोही नरहेको जनाएका हुन् ।कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो ,मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् ।आयोगले ओली, लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ परिसकेका छन् ।...
पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी

पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी

राजनीति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्। उनले पूर्वाग्रह र प्रतिशोधको आधारमा गरिएको राजनीति देशका लागि महँगो सावित हुने चेतावनी दिएका छन्। पोखरेलले सार्वजनिक प्रतिक्रिया दिँदै राज्य संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले कानूनको शासनको नाममा राजनीतिक प्रतिशोध साँध्ने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्। उनका अनुसार, यस्तो प्रकारको कदमले लोकतान्त्रिक मूल्य–मान्यतामा गम्भीर असर पार्नेछ र राजनीतिक अस्थिरता बढाउने खतरा रहन्छ। उनले अध्यक्ष ओलीको पक्राउलाई अनुचित भन्दै अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन्।एमालेले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ र आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत दिएको छ। अध्यक्ष ओलीलाई पक्राउ गरेपछि महासचिव पोखरेलले आफ्नो...
पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा

पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा

Breaking News 2, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रक्राउ परेका छन् । शनिवार विहान ओलीलाई उनको भक्तपुरको गुन्डुस्थित निवासबाट र लेखकलाई पनि उनको भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको हो । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरि घटेको घटानामा संलग्न भएको आरोपको अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई प्रक्राउ गरिएको जानकारी दिएको छ । नेपालको इतिहासमा पहिलो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पुरा गरिसकेका व्यक्तिहरुलाई ज्यान मारेको अभियोगमा पक्राउ गरिएको हो । शुक्रवार बालेन शाह नेतृत्वको नयाँ सरकार बनेसँगै बसेको मन्त्रिपरिषदको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गृहमन्त्री सुधन गुरुङले शुक्रवार लाम...