Author: नरेश कुमार बोहरा

भारतमा पनि ओली-लेखक पक्राउको चर्चा : केजरीवालले भने- विगतका ‘कुकर्म’का कारण पक्राउ परे

भारतमा पनि ओली-लेखक पक्राउको चर्चा : केजरीवालले भने- विगतका ‘कुकर्म’का कारण पक्राउ परे

uncategory
नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयले भारतमा पनि चर्चा पाएको छ। दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवालले सामाजिक सञ्जाल एक्समार्फत यसबारे प्रतिक्रिया दिएका हुन्। तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि आज बिहान पक्राउ गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। यो घटनालाई लिएर केजरीवालले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, “नेपाल के पूर्व प्रधान मंत्री और गृह मंत्री अपने पुराने कुकर्मों की वजह से गिरफ़्तार” (नेपालका पूर्व प्रधानमन्...
पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी

पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी

राजनीति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्। उनले पूर्वाग्रह र प्रतिशोधको आधारमा गरिएको राजनीति देशका लागि महँगो सावित हुने चेतावनी दिएका छन्। पोखरेलले सार्वजनिक प्रतिक्रिया दिँदै राज्य संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले कानूनको शासनको नाममा राजनीतिक प्रतिशोध साँध्ने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्। उनका अनुसार, यस्तो प्रकारको कदमले लोकतान्त्रिक मूल्य–मान्यतामा गम्भीर असर पार्नेछ र राजनीतिक अस्थिरता बढाउने खतरा रहन्छ। उनले अध्यक्ष ओलीको पक्राउलाई अनुचित भन्दै अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन्।एमालेले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ र आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत दिएको छ। अध्यक्ष ओलीलाई पक्राउ गरेपछि महासचिव पोखरेलले आफ्नो...
रास्वपाको सचिवालय बैठक भोलि बस्ने

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

समाचार
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ । सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जनाइएको छ । रासस...