रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा संकलित करोडौँ रुपैयाँको चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोप लगाउँदै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको हो।
सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा सांसद सुनारमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यद्यपि, उजुरीमा उल्लेखित आरोप पुष्टि भइसकेका छैनन्।
सुनारमाथि छानबिन र कारबाहीको माग पार्टीभित्रैबाट समेत उठेको छ। रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले सांसद सुनारलाई कारबाही गर्न माग गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएका छन्। बाँके क्षेत्र नम्बर ३ का स्थानीयसमेत रहेका ओलीले ‘राइट टु रिकल’ ...














