‘बिट द स्पीड : सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ

Advertisement

कैलाली : इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले आयोजना गरेको राष्ट्रव्यापी क्रिकेट अभियान ‘बिट द स्पीडः सिजन २’ अन्तर्गत सुदूरपश्चिमको धनगढीमा सम्पन्न स्पीड टेष्टमा २० वर्षीय अविषेक कोइरालाले १३१ किमी प्रतिघण्टा बलिङ स्पीड निकाल्दै अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेका छन्।

धनगढीमा आयोजित कार्यक्रममा करिब १०० जना प्रतिस्पर्धी सहभागी भएका थिए। तीमध्ये कोइरालासँगै २१ वर्षीय हिक्मत महराले १३० किमी र १९ वर्षीय मदन साहले १२५ किमी प्रतिघण्टा स्पीड निकाल्न सफल भए। गत वर्ष यही धनगढीमा निकालिएको अधिकतम स्पीड ११७ किमी मात्र थियो।

यो कीर्तिमानसँगै कोइरालाले यस सिजनको अहिलेसम्मकै उच्च स्पीडको कीर्तिमान पनि कायम गरेका छन्। यसअघि उच्च स्पीडको कीर्तिमान दाङका एक खेलाडीले १२५ किमी प्रतिघण्टा कायम गरेका थिए।

वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, “देशभर छरिएका युवा प्रतिभालाई चिनाउन हामी ‘बिट द स्पीड’ अभियानमार्फत अवसर दिइरहेका छौं। यस अभियानले उनीहरूको सपना साकार पार्न सहयोग पुग्नेछ।”

अभियान अन्तर्गत देशभरका १० सहरमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने बाँकी चार सहर – महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौं – मा कार्यक्रम सञ्चालन हुन बाँकी छ। प्रारम्भिक चरणमा छानिएका उत्कृष्ट १० तीव्र गतिका बलरहरूलाई काठमाडौंमा हुने ग्रान्ड फिनाले मा सहभागी गराइनेछ। उक्त फिनालेमा पूर्व राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अली को प्रशिक्षण तथा मूल्याङ्कन रहनेछ।

फिनाले विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने छ। पहिलो हुनेले नगद १ लाख र भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको प्रशिक्षण प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

वर्ल्ड लिंकको यो अभियानले क्रिकेटप्रतिको लगावलाई डिजिटल कनेक्सनसँग जोड्दै, स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको छ।

गत बैशाख ३६ गते जनकपुरमा राष्ट्रिय टोलीका खेलाडीहरू सोमपाल कामी, अनिलकुमार साह, आसिफ शेख र ललित राजवंशीले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेक...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौर...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्व...