‘बिट द स्पीड : सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ

Advertisement

कैलाली : इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले आयोजना गरेको राष्ट्रव्यापी क्रिकेट अभियान ‘बिट द स्पीडः सिजन २’ अन्तर्गत सुदूरपश्चिमको धनगढीमा सम्पन्न स्पीड टेष्टमा २० वर्षीय अविषेक कोइरालाले १३१ किमी प्रतिघण्टा बलिङ स्पीड निकाल्दै अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेका छन्।

धनगढीमा आयोजित कार्यक्रममा करिब १०० जना प्रतिस्पर्धी सहभागी भएका थिए। तीमध्ये कोइरालासँगै २१ वर्षीय हिक्मत महराले १३० किमी र १९ वर्षीय मदन साहले १२५ किमी प्रतिघण्टा स्पीड निकाल्न सफल भए। गत वर्ष यही धनगढीमा निकालिएको अधिकतम स्पीड ११७ किमी मात्र थियो।

यो कीर्तिमानसँगै कोइरालाले यस सिजनको अहिलेसम्मकै उच्च स्पीडको कीर्तिमान पनि कायम गरेका छन्। यसअघि उच्च स्पीडको कीर्तिमान दाङका एक खेलाडीले १२५ किमी प्रतिघण्टा कायम गरेका थिए।

वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, “देशभर छरिएका युवा प्रतिभालाई चिनाउन हामी ‘बिट द स्पीड’ अभियानमार्फत अवसर दिइरहेका छौं। यस अभियानले उनीहरूको सपना साकार पार्न सहयोग पुग्नेछ।”

अभियान अन्तर्गत देशभरका १० सहरमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने बाँकी चार सहर – महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौं – मा कार्यक्रम सञ्चालन हुन बाँकी छ। प्रारम्भिक चरणमा छानिएका उत्कृष्ट १० तीव्र गतिका बलरहरूलाई काठमाडौंमा हुने ग्रान्ड फिनाले मा सहभागी गराइनेछ। उक्त फिनालेमा पूर्व राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अली को प्रशिक्षण तथा मूल्याङ्कन रहनेछ।

फिनाले विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने छ। पहिलो हुनेले नगद १ लाख र भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको प्रशिक्षण प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

वर्ल्ड लिंकको यो अभियानले क्रिकेटप्रतिको लगावलाई डिजिटल कनेक्सनसँग जोड्दै, स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको छ।

गत बैशाख ३६ गते जनकपुरमा राष्ट्रिय टोलीका खेलाडीहरू सोमपाल कामी, अनिलकुमार साह, आसिफ शेख र ललित राजवंशीले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...