रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

Advertisement

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा संकलित करोडौँ रुपैयाँको चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोप लगाउँदै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको हो।

सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा सांसद सुनारमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यद्यपि, उजुरीमा उल्लेखित आरोप पुष्टि भइसकेका छैनन्।

सुनारमाथि छानबिन र कारबाहीको माग पार्टीभित्रैबाट समेत उठेको छ। रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले सांसद सुनारलाई कारबाही गर्न माग गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएका छन्। बाँके क्षेत्र नम्बर ३ का स्थानीयसमेत रहेका ओलीले ‘राइट टु रिकल’ को प्रयोग गर्दै सुनारलाई तत्काल निलम्बन गर्न र निष्पक्ष छानबिनपछि आवश्यक कारबाही गर्न माग गरेका हुन्।

ओलीले प्रधानमन्त्रीलाई पठाएको पत्रमा सुनारको निर्वाचनअघिको जीवनशैली र सांसद बनेपछिको जीवनशैलीबीच उल्लेख्य अन्तर देखिएको भन्दै त्यसको स्रोत सार्वजनिक गर्न माग गरेका छन्।

‘निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पहल नगरेको, निर्वाचनअघिको उहाँको जीवनशैली, लवाइखवाइ र अहिलेको जीवनशैलीमा आकाश–पातालको फरक देखिन्छ,’ पत्रमा भनिएको छ, ‘यसमा परिवर्तन आउनुको स्रोत के हो ? यसको स्पष्ट जवाफ जनताले पाउनुपर्छ।’

 

निर्वाचन जितेपछि सुनार आफ्नो निर्वाचन क्षेत्रमा नफर्किएको र यसले मतदातामा असन्तुष्टि बढाएको दाबीसमेत पत्रमा गरिएको छ। जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयनमा चासो नदेखाएको भन्दै ओलीले सांसदको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सुनारका पछिल्ला सार्वजनिक अभिव्यक्ति र गतिविधिले मतदाताको प्रतिष्ठामा समेत असर परेको ओलीको दाबी छ। उनले पार्टीको विधिविधानविपरीत काम गरेको, सामाजिक सद्भाव र शान्तिमा असर पुग्ने अभिव्यक्ति दिएको तथा सामाजिक सञ्जालमा अराजकता फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

त्यस्तै, राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने खालका अभिव्यक्ति दिएको, जनप्रतिनिधिको मर्यादा कायम नगरेको र राजदूत नियुक्तिसम्बन्धी विषयमा कमिसन लिएको आरोपसमेत पत्रमा उल्लेख गरिएको छ। यी आरोपमाथि सम्बन्धित निकायबाट छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग ओलीको छ।

‘यस्ता विवाद र गम्भीर आरोपले बाँके निर्वाचन क्षेत्र नम्बर ३ का जनताको प्रतिष्ठामा आँच पुगेको अनुभूति भएको छ,’ पत्रमा उल्लेख छ, ‘जनताको अपेक्षाअनुसार काम हुन नसकेमा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई समेत गम्भीर राजनीतिक क्षति पुग्न सक्ने हाम्रो चिन्ता छ।’

ओलीले सांसद सुनारमाथि लागेका आरोपको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न रास्वपा नेतृत्वसँग माग गरेका छन्। अख्तियारमा परेको उजुरी र पार्टीभित्रैबाट उठेको कारबाहीको मागले सुनारमाथि लागेका आरोपको निष्पक्ष छानबिन तथा उनको जवाफ सार्वजनिक गर्नुपर्ने विषयलाई थप चर्चामा ल्याएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँक...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्व...