Day: २०८३ आश्विन २४, शनिबार

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

समाचार
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र (NID) वा त्यसको नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्ने गरी जारी गरेको बाध्यकारी व्यवस्थालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। शुक्रबार अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई पनि नागरिकताका आधारमा सहज रूपमा बैंकिङ सेवा प्रवाह गर्न परमादेश जारी गरेको हो।  अधिवक्ता सरिता अधिकारीले गत असार ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेकी थिइन्। संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) अन्तर्गत दर्ता भएको...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

ताजा अपडेट
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो। यस्तो छ निर्वाचनको सटिक मतपरिणाम: नवनिर्वाचित सभापति गगनकुमार थापा: ६,५८४ मत प्रतिस्पर्धी श्यामकृष्ण खड्गी: ३७५ मत मतान्तर: ६,२०९ मत (गगन थापा विजयी) जम्मा खसेको मत: ७,०३९ मत (५४ मत बदर) महाधिवेशन प्रतिनिधिहरूले पार्टीको सांगठनिक पुनर्संरचना र नयाँ पुस्ताको सशक्त सहभागिताको पक्षमा स्पष्ट जनमत प्रकट गरेका छन्। सभापतिको नतिजा घोषणा भएसँगै बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र रूपमा अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

uncategory
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा संकलित करोडौँ रुपैयाँको चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोप लगाउँदै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको हो। सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा सांसद सुनारमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यद्यपि, उजुरीमा उल्लेखित आरोप पुष्टि भइसकेका छैनन्। सुनारमाथि छानबिन र कारबाहीको माग पार्टीभित्रैबाट समेत उठेको छ। रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले सांसद सुनारलाई कारबाही गर्न माग गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएका छन्। बाँके क्षेत्र नम्बर ३ का स्थानीयसमेत रहेका ओलीले ‘राइट टु रिकल’ ...