समाचार

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

समाचार
कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने चाहना भएका नागरिकलाई लक्षित गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाख्रापालनसम्बन्धी तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार, आयआर्जन र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउने उद्देश्यले आयोजित तालिमले स्थानीय स्तरमै उद्यमशीलता विकासको सम्भावनालाई उजागर गरेको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय परशुराम, डडेल्धुराद्वारा २०८३ साल असोज ३० गते परशुराम नगरपालिका-७, सादतीमा तालिम आयोजना गरिएको हो। तालिममा बाख्रापालनलाई परम्परागत निर्वाहमुखी गतिविधिमा सीमित नराखी व्यवस्थित, व्यावसायिक तथा आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्ने विषयलाई प्राथमिकता दिइएको थिय...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

समाचार
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र (NID) वा त्यसको नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्ने गरी जारी गरेको बाध्यकारी व्यवस्थालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। शुक्रबार अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई पनि नागरिकताका आधारमा सहज रूपमा बैंकिङ सेवा प्रवाह गर्न परमादेश जारी गरेको हो।  अधिवक्ता सरिता अधिकारीले गत असार ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेकी थिइन्। संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) अन्तर्गत दर्ता भएको...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

Breaking News 1, समाचार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार, रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३ सय ८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्...

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

समाचार
लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समुदाय सदस्यका परिवारका ५ जना सदस्य बेपत्ता भएका छन्। संस्थाका अनुसार विभिन्न शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यका परिवारका सदस्यहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–३ का प्रशान्त रेस्मी (३१), दाङ तुलसीपुर उपमहानगरपालिका–१९ का सुरेश चौधरी (३८), चितवन इच्छाकामना गाउँपालिका–१ का सुमन पुरी (३५), चितवन भरतपुर महानगरपालिका–१२ का कृष्णराज अर्याल (७०) र कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का रमेशराज जोशी (३३) रहेका छन्। बाढीपछि उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा ...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

समाचार
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ठूलो आर्थिक राहत प्रदान गरेको छ। बेलौरी नगरपालिका वडा नम्बर ४, बुटावारी ठेगाना भई संस्थाको निंगलासैनी बैंकिंग समुदायमा आबद्ध सदस्य शुसिला सिंह शाही (सदस्यता नम्बर: ३७.००७८.०१.१) को गत २०८३ साल वैशाख २१ गते असामयिक निधन भएको थियो। दिवंगत शाहीले २०८० साल पुस २० गते संस्थाबाट १ लाख ५ हजार रुपैयाँ कर्जा लिनुभएको थियो। उहाँको निधनपछि तिर्न बाँकी रहेको १ लाख १ हजार ७ सय १ रुपैयाँ सावाँ और ४० हजार ७ सय १५ रुपैयाँ ब्याज संस्थाको ग्राहक संरक्षण कोषबाट पूर्ण रूपमा मिनाहा गरिएको छ। यसै गरी, संस्थाले मृतकको परिवारलाई किरिया खर्च बापत थप ३ हजार रुपैयाँ समेत उपलब्ध गराएको छ। कर्जा मिनाहा र किरिया खर्चको हिसाब मिलान गरी कुल १ लाख ४५ हजार ४ सय १६ रु...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

समाचार
  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ४ लाख आर्थिक सहयोग गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रदान गरेको हो। संस्थाले प्रदान गरेको सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बराललगायतको उपस्थितिमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री कृष्णबहादुर राउतलाई हस्तान्तरण गरिएको जनाइएको छ। सोही अवसरमा संस्थाका प्रतिनिधिहरूले मन्त्री सीता बादीलाई समेत भेट गरी राहत रकम हस्तान्तरण तथा संस्थाको राहत संकलनसम्बन्धी योजनाबारे जानकारी गर...
बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

समाचार
   लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने स्थानीय किसानले लगाएको धान तथा तिलबालीमा समेत ठूलो क्षति पु¥याएको छ । मंगलबार राति करिब २ बजेतिर बस्तीमा प्रवेश गरेको जंगली हात्तीले स्थानीय किसानको खेतमा पसेर धान खानुका साथै तिललगायतका बाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीले राति करिब ३ बजेतिर क्याम्प टोल निवासी गीता गुर्धामी बस्दै आएको घरमा आक्रमण गरी भत्काइदिएको हो । दुई साना बच्चासहित घरमा एक्लै रहेकी गुर्धामीले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन बच्चासहित भागेर सुरक्षित स्थानमा पुग्न सफल भएको बताइएको छ । समयमै भाग्न सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ । बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासी तथा नेपाली सेना र रेञ्जर पोष्टका कर्मचारीहरूले संयुक्त रूपमा भगाउने प...
कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

समाचार
कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल फर्वार्ड बेस कार्गिलडाँडा बाट सशस्त्र प्रहरी नायब निरीक्षक केवल बहादुर ओलीको कमाण्डमा खटिएको पाँच जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शुक्लाफाँटा नगरपालिका–६ कसरौल निवासी २४ वर्षीय अनिश रानालाई शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा रानाको साथबाट ABL SPASMED नामक ४३ वटा ट्याब्लेट र NITRZPM-10 नामक ८ वटा ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी फटियामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

समाचार
मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको प्रशासनिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन्। चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) ले वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लगाउँदै दुवै अधिकारीलाई हटाउनुपर्ने माग गरेका छन्। अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० भन्दा बढीले राजीनामा बुझाइसकेका छन् भने अन्य चिकित्सकको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ। अस्पतालका डा.उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू आकस्मिक सेवा सञ्चालन गर्न सहमत भएका थिए। आक्रमणमा संलग्नमाथि कारबाही गर्ने आश्वासनपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफल भन...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

समाचार
लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाट नजिकैको सीमा क्षेत्रमा मंगलबार राति गस्तीमा खटिएको सुरक्षा टोलीले शंकास्पद अवस्थामा भारततर्फबाट नेपाल आउँदै गरेका उनीहरूलाई सवारी साधनसहित पक्राउ गरेको हो। बिओपी पचुईका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश बहादुर कामी र प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक शिवराज भाटको कमाण्डमा खटिएको ८ जनाको संयुक्त गस्ती टोलीले राति करिब पौने ११ बजे सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो। जाँचका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ धुर्सा बस्ने २४ वर्षीय राकेश रानाले प्रयोग गरेको म १ प ५१०५ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा निजको पाइन्टको दायाँ गोजीमा लुकाई रा...