समाचार

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

समाचार
लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समुदाय सदस्यका परिवारका ५ जना सदस्य बेपत्ता भएका छन्। संस्थाका अनुसार विभिन्न शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यका परिवारका सदस्यहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–३ का प्रशान्त रेस्मी (३१), दाङ तुलसीपुर उपमहानगरपालिका–१९ का सुरेश चौधरी (३८), चितवन इच्छाकामना गाउँपालिका–१ का सुमन पुरी (३५), चितवन भरतपुर महानगरपालिका–१२ का कृष्णराज अर्याल (७०) र कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का रमेशराज जोशी (३३) रहेका छन्। बाढीपछि उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा ...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

समाचार
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ठूलो आर्थिक राहत प्रदान गरेको छ। बेलौरी नगरपालिका वडा नम्बर ४, बुटावारी ठेगाना भई संस्थाको निंगलासैनी बैंकिंग समुदायमा आबद्ध सदस्य शुसिला सिंह शाही (सदस्यता नम्बर: ३७.००७८.०१.१) को गत २०८३ साल वैशाख २१ गते असामयिक निधन भएको थियो। दिवंगत शाहीले २०८० साल पुस २० गते संस्थाबाट १ लाख ५ हजार रुपैयाँ कर्जा लिनुभएको थियो। उहाँको निधनपछि तिर्न बाँकी रहेको १ लाख १ हजार ७ सय १ रुपैयाँ सावाँ और ४० हजार ७ सय १५ रुपैयाँ ब्याज संस्थाको ग्राहक संरक्षण कोषबाट पूर्ण रूपमा मिनाहा गरिएको छ। यसै गरी, संस्थाले मृतकको परिवारलाई किरिया खर्च बापत थप ३ हजार रुपैयाँ समेत उपलब्ध गराएको छ। कर्जा मिनाहा र किरिया खर्चको हिसाब मिलान गरी कुल १ लाख ४५ हजार ४ सय १६ रु...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

समाचार
  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ४ लाख आर्थिक सहयोग गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रदान गरेको हो। संस्थाले प्रदान गरेको सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बराललगायतको उपस्थितिमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री कृष्णबहादुर राउतलाई हस्तान्तरण गरिएको जनाइएको छ। सोही अवसरमा संस्थाका प्रतिनिधिहरूले मन्त्री सीता बादीलाई समेत भेट गरी राहत रकम हस्तान्तरण तथा संस्थाको राहत संकलनसम्बन्धी योजनाबारे जानकारी गर...
बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

समाचार
   लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने स्थानीय किसानले लगाएको धान तथा तिलबालीमा समेत ठूलो क्षति पु¥याएको छ । मंगलबार राति करिब २ बजेतिर बस्तीमा प्रवेश गरेको जंगली हात्तीले स्थानीय किसानको खेतमा पसेर धान खानुका साथै तिललगायतका बाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीले राति करिब ३ बजेतिर क्याम्प टोल निवासी गीता गुर्धामी बस्दै आएको घरमा आक्रमण गरी भत्काइदिएको हो । दुई साना बच्चासहित घरमा एक्लै रहेकी गुर्धामीले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन बच्चासहित भागेर सुरक्षित स्थानमा पुग्न सफल भएको बताइएको छ । समयमै भाग्न सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ । बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासी तथा नेपाली सेना र रेञ्जर पोष्टका कर्मचारीहरूले संयुक्त रूपमा भगाउने प...
कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

समाचार
कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल फर्वार्ड बेस कार्गिलडाँडा बाट सशस्त्र प्रहरी नायब निरीक्षक केवल बहादुर ओलीको कमाण्डमा खटिएको पाँच जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शुक्लाफाँटा नगरपालिका–६ कसरौल निवासी २४ वर्षीय अनिश रानालाई शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा रानाको साथबाट ABL SPASMED नामक ४३ वटा ट्याब्लेट र NITRZPM-10 नामक ८ वटा ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी फटियामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

समाचार
मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको प्रशासनिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन्। चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) ले वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लगाउँदै दुवै अधिकारीलाई हटाउनुपर्ने माग गरेका छन्। अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० भन्दा बढीले राजीनामा बुझाइसकेका छन् भने अन्य चिकित्सकको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ। अस्पतालका डा.उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू आकस्मिक सेवा सञ्चालन गर्न सहमत भएका थिए। आक्रमणमा संलग्नमाथि कारबाही गर्ने आश्वासनपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफल भन...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

समाचार
लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाट नजिकैको सीमा क्षेत्रमा मंगलबार राति गस्तीमा खटिएको सुरक्षा टोलीले शंकास्पद अवस्थामा भारततर्फबाट नेपाल आउँदै गरेका उनीहरूलाई सवारी साधनसहित पक्राउ गरेको हो। बिओपी पचुईका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश बहादुर कामी र प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक शिवराज भाटको कमाण्डमा खटिएको ८ जनाको संयुक्त गस्ती टोलीले राति करिब पौने ११ बजे सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो। जाँचका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ धुर्सा बस्ने २४ वर्षीय राकेश रानाले प्रयोग गरेको म १ प ५१०५ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा निजको पाइन्टको दायाँ गोजीमा लुकाई रा...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

समाचार
लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो श्रीमान–श्रीमतीबीच विवाद भएपछि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएकी पारुको बिहीबार मृत्यु भएको खबर प्राप्त भएको उनले बताए। ‘हिजो आपसमा कुटाकुट भएको रहेछ। दोधाराचाँदनी नगर अस्पतालमा उपचारका लागि पनि लगेका रहेछन्’ डीएसपी रावतले भने, ‘आज मृत्यु भएको खबर आएको छ। घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको थप विवरण आउन बाँकी छ।’ प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार पारुलाई उपचारका लागि अस्पताल लगिए पनि उपचार नै नगरी बुधबार नै घर ल्याइएको थियो। सुनार दम्पतीबीच विगतदेखि नै पटक-पटक झगडा हुँदै आएको स...
जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

समाचार
लालझाडी कंचनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिं का प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्। संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ / ०३ / २७ गते बसेको संचालक समितको २४६ औं बैठकबाट २०८३ श्रावण १ गते देखि लागु हुने गरी स्वीकृत भएको हो । साथै, सोही बैठकबाट मिति २०८३ श्रावण १ गते देखि लागु हुने गरी यस वित्तीय संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको छ ।...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

समाचार
प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस्थापित गर्ने उद्देश्यले सरकारले गतिविधि अघि बढाएकोमा आपत्ती जनाएको छ । प्रेस चौतारीले सो निर्णय सच्याउन माग गरेको छ। संगठनले हाल कार्यरत पत्रकारहरूको करार नवीकरण नगरेर नयाँ भर्ना प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिमा गोरखापत्र संस्थानमा करार सेवामा कार्यरत पत्रकारहरूको करार अवधि असार मसान्तमा समाप्त हुन लाग्दा पनि नवीकरण नगरी नयाँ करार कर्मचारी भर्नाको सूचना प्रकाशित गरिएको उल्लेख छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा गोरखापत्र संस्थान सेवा शर्त विनियमावली, २०८२ ले करार नियुक्ति कार्यविधि स्वीकृत भएपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरेको छ। तर कार्...