बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

Advertisement

 

 लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने स्थानीय किसानले लगाएको धान तथा तिलबालीमा समेत ठूलो क्षति पु¥याएको छ ।

मंगलबार राति करिब २ बजेतिर बस्तीमा प्रवेश गरेको जंगली हात्तीले स्थानीय किसानको खेतमा पसेर धान खानुका साथै तिललगायतका बाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीले राति करिब ३ बजेतिर क्याम्प टोल निवासी गीता गुर्धामी बस्दै आएको घरमा आक्रमण गरी भत्काइदिएको हो ।

दुई साना बच्चासहित घरमा एक्लै रहेकी गुर्धामीले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन बच्चासहित भागेर सुरक्षित स्थानमा पुग्न सफल भएको बताइएको छ । समयमै भाग्न सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ ।

बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासी तथा नेपाली सेना र रेञ्जर पोष्टका कर्मचारीहरूले संयुक्त रूपमा भगाउने प्रयास गरेका थिए । करिब चार घण्टाको प्रयासपछि मात्रै हात्तीलाई जंगलतर्फ फर्काउन सफल भएको स्थानीयले बताएका छन् ।

जंगल किनार र निकुञ्ज आसपासका बस्तीका नागरिकले भने वर्षौंदेखि जंगली जनावरको आतंक खेप्दै आएको गुनासो गरेका छन् । जंगली हात्ती, गैंडा, बाघ, चितल, बँदेललगायतका वन्यजन्तुले बारम्बार खेतीबाली नष्ट गर्ने, गोठमा रहेका गाइ बस्तु, बाख्रा खाएर घरमा क्षति पु¥याउने र स्थानीयको ज्यानसमेत जोखिममा पर्ने अवस्था रहे पनि समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको आरोप छ ।

स्थानीयका अनुसार, मध्यवर्ती क्षेत्रका जनताको संरक्षण, सुविधा र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गठन गरिएका सम्बन्धित निकाय तथा उपभोक्ता समितिहरूले प्रभावित नागरिकको आवाज पर्याप्त रूपमा उठाउन सकेका छैनन् । ऐलानी तथा भोगचलनमा रहेको जग्गामा गरिएको खेतीमा जंगली जनावरले क्षति पु¥याउँदा पीडित किसानले राहत र क्षतिपूर्तिसमेत सहज रूपमा पाउन नसकेको गुनासो उनीहरूको छ ।

पीडित किसानहरूले केवल पदमा बस्ने र सुविधा लिनेभन्दा पनि निकुञ्ज किनारमा दैनिक त्रासमा जीवन बिताइरहेका नागरिकको पीडा बुझेर ठोस काम गर्नुपर्ने बताएका छन्।

“बस्तीभित्र सुरक्षित र सुविधासम्पन्न जीवन बिताउने उभोक्ता पदाधिकारीहरूले जंगल किनारमा खुकुरीको धारमा बसेझैँ त्रासपूर्ण जीवन बिताइरहेका हामी किसानको पीडा कहाँ बुझ्छन् र ?” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, “हाम्रो खेती सखाप हुन्छ, घर भत्किन्छ, परिवारको ज्यान जोखिममा पर्छ । तर क्षतिको मूल्यांकन, राहत र दीर्घकालीन समाधानका लागि कसैले गम्भीर चासो दिएको देखिँदैन ।”

स्थानीयले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी योजना सञ्चालन गर्न, जंगल किनारका बस्तीमा सुरक्षा व्यवस्था बलियो बनाउन, पीडित किसानलाई क्षतिको उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र सम्बन्धित मध्यवर्ती क्षेत्र व्यवस्थापन निकायलाई जनताप्रति थप जिम्मेवार बनाउन माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

 लालझाडी ३ रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुर र डडेल्धुराका १३ जना कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवामा स...
बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

   लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने ...
जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यु भ...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...
जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

लालझाडी कंचनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिं का प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले राजिनामा दिएका छन्, ...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस...
डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

लालझाडी कंचनपुर ,डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेस्थित एक टहरामा खाना पकाउने क्रममा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबर...