बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

Advertisement

 

 लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने स्थानीय किसानले लगाएको धान तथा तिलबालीमा समेत ठूलो क्षति पु¥याएको छ ।

मंगलबार राति करिब २ बजेतिर बस्तीमा प्रवेश गरेको जंगली हात्तीले स्थानीय किसानको खेतमा पसेर धान खानुका साथै तिललगायतका बाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीले राति करिब ३ बजेतिर क्याम्प टोल निवासी गीता गुर्धामी बस्दै आएको घरमा आक्रमण गरी भत्काइदिएको हो ।

दुई साना बच्चासहित घरमा एक्लै रहेकी गुर्धामीले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन बच्चासहित भागेर सुरक्षित स्थानमा पुग्न सफल भएको बताइएको छ । समयमै भाग्न सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ ।

बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासी तथा नेपाली सेना र रेञ्जर पोष्टका कर्मचारीहरूले संयुक्त रूपमा भगाउने प्रयास गरेका थिए । करिब चार घण्टाको प्रयासपछि मात्रै हात्तीलाई जंगलतर्फ फर्काउन सफल भएको स्थानीयले बताएका छन् ।

जंगल किनार र निकुञ्ज आसपासका बस्तीका नागरिकले भने वर्षौंदेखि जंगली जनावरको आतंक खेप्दै आएको गुनासो गरेका छन् । जंगली हात्ती, गैंडा, बाघ, चितल, बँदेललगायतका वन्यजन्तुले बारम्बार खेतीबाली नष्ट गर्ने, गोठमा रहेका गाइ बस्तु, बाख्रा खाएर घरमा क्षति पु¥याउने र स्थानीयको ज्यानसमेत जोखिममा पर्ने अवस्था रहे पनि समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको आरोप छ ।

स्थानीयका अनुसार, मध्यवर्ती क्षेत्रका जनताको संरक्षण, सुविधा र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गठन गरिएका सम्बन्धित निकाय तथा उपभोक्ता समितिहरूले प्रभावित नागरिकको आवाज पर्याप्त रूपमा उठाउन सकेका छैनन् । ऐलानी तथा भोगचलनमा रहेको जग्गामा गरिएको खेतीमा जंगली जनावरले क्षति पु¥याउँदा पीडित किसानले राहत र क्षतिपूर्तिसमेत सहज रूपमा पाउन नसकेको गुनासो उनीहरूको छ ।

पीडित किसानहरूले केवल पदमा बस्ने र सुविधा लिनेभन्दा पनि निकुञ्ज किनारमा दैनिक त्रासमा जीवन बिताइरहेका नागरिकको पीडा बुझेर ठोस काम गर्नुपर्ने बताएका छन्।

“बस्तीभित्र सुरक्षित र सुविधासम्पन्न जीवन बिताउने उभोक्ता पदाधिकारीहरूले जंगल किनारमा खुकुरीको धारमा बसेझैँ त्रासपूर्ण जीवन बिताइरहेका हामी किसानको पीडा कहाँ बुझ्छन् र ?” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, “हाम्रो खेती सखाप हुन्छ, घर भत्किन्छ, परिवारको ज्यान जोखिममा पर्छ । तर क्षतिको मूल्यांकन, राहत र दीर्घकालीन समाधानका लागि कसैले गम्भीर चासो दिएको देखिँदैन ।”

स्थानीयले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी योजना सञ्चालन गर्न, जंगल किनारका बस्तीमा सुरक्षा व्यवस्था बलियो बनाउन, पीडित किसानलाई क्षतिको उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र सम्बन्धित मध्यवर्ती क्षेत्र व्यवस्थापन निकायलाई जनताप्रति थप जिम्मेवार बनाउन माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...