बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला
लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने स्थानीय किसानले लगाएको धान तथा तिलबालीमा समेत ठूलो क्षति पु¥याएको छ ।
मंगलबार राति करिब २ बजेतिर बस्तीमा प्रवेश गरेको जंगली हात्तीले स्थानीय किसानको खेतमा पसेर धान खानुका साथै तिललगायतका बाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीले राति करिब ३ बजेतिर क्याम्प टोल निवासी गीता गुर्धामी बस्दै आएको घरमा आक्रमण गरी भत्काइदिएको हो ।
दुई साना बच्चासहित घरमा एक्लै रहेकी गुर्धामीले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन बच्चासहित भागेर सुरक्षित स्थानमा पुग्न सफल भएको बताइएको छ । समयमै भाग्न सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ ।
बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासी तथा नेपाली सेना र रेञ्जर पोष्टका कर्मचारीहरूले संयुक्त रूपमा भगाउने प...






