जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

Advertisement
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ठूलो आर्थिक राहत प्रदान गरेको छ। बेलौरी नगरपालिका वडा नम्बर ४, बुटावारी ठेगाना भई संस्थाको निंगलासैनी बैंकिंग समुदायमा आबद्ध सदस्य शुसिला सिंह शाही (सदस्यता नम्बर: ३७.००७८.०१.१) को गत २०८३ साल वैशाख २१ गते असामयिक निधन भएको थियो।
दिवंगत शाहीले २०८० साल पुस २० गते संस्थाबाट १ लाख ५ हजार रुपैयाँ कर्जा लिनुभएको थियो। उहाँको निधनपछि तिर्न बाँकी रहेको १ लाख १ हजार ७ सय १ रुपैयाँ सावाँ और ४० हजार ७ सय १५ रुपैयाँ ब्याज संस्थाको ग्राहक संरक्षण कोषबाट पूर्ण रूपमा मिनाहा गरिएको छ।
यसै गरी, संस्थाले मृतकको परिवारलाई किरिया खर्च बापत थप ३ हजार रुपैयाँ समेत उपलब्ध गराएको छ। कर्जा मिनाहा र किरिया खर्चको हिसाब मिलान गरी कुल १ लाख ४५ हजार ४ सय १६ रुपैयाँको चेक रकम गत २०८३ भदौ १६ गते एक कार्यक्रमका बीच मृतकका श्रीमान भुपेन्द्र शाहीलाई हस्तान्तरण गरिएको छ।
उक्त राहत तथा चेक रकम पीडित परिवारलाई संस्थाका शाखा सञ्चालन अधिकृत नरेश कुमार बोहराले हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण गर्दै शाखा अधिकृत बोहराले सदस्यको दुःखद् निधनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो। साथै, संकटको घडीमा संस्थाको ग्राहक संरक्षण कोषमार्फत प्रदान गरिने यस्तो राहतले ग्रामीण क्षेत्रका विपन्न परिवारलाई ठूलो संस्थागत सहारा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...