कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

Advertisement

अध्यक्षमा सुरत बहादुर सुनार र महासचिवमा अशोक ठाकुर

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न ।

संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व सम्मत रुपमा अध्यक्षमा दोहिरिएका हुन ।

सुनारको अध्यक्षतामा सर्व सम्मत नया समिती चयन गरिएको हो ।

संघको बरिस्ठ उपाध्यक्षमा ध्रुब निरौला र उपाध्यक्षमा डम्बर गहतराज र मनोज सिह सुनार चयन भएका छ्न।

संघको महासचिवमा अशोक ठाकुर र सचिवमा अन्जु सुनुवार र कोषाध्यक्षमा सुमित लामिछाने अधिवेशनबाट चयन भएका छ्न ।

नया समितीको सदस्यमा राजेन्द्र पौडेल, रोशन शोब, प्रकाश बिक, मुनिदेबी शाह, चादनी ठाकुर, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मीन बहादुर सुनार र सुरेन्द्र सोब सदस्य भएका छ्न ।

संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोस लामिछानेले अधिवेशन उद्घाटन गरे ।

संघको १७ औ साधारण सभा तथा सातौ अधिवेशनको अध्यक्षता सुरत बहादुर सुनारले गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष जगदिश निरौला, टेक बहादुर सुनार र उमेश सुनुवारलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लामिछाने र अध्यक्ष सुनारले टिका र खादा लगाएर सम्मान पत्र प्रदान गरे ।

प्रमुख अतिथी लामिछानेले सरकारले आफूहरुको माग वेवास्ता गर्दै आएकोले व्यव्साय संकट्मा परेको बताए ।
उनले संघ जुनसुकै बेला पनि आन्दोलनमा जान सक्ने भएकाले व्यवसायीहरुलाई तयार रहन आग्रह गरे ।

सुनचाँदी व्यवसाय परापूर्व कालदेखि चल्दै आएर अहिले आधुनिक युग सम्म पुगेको उल्लेख गर्दै उनले सरकारले कच्चा पदार्थको कोटा माग अनुसार दिनु पर्ने बताए ।

बर्दघाट बैठक बाट कच्चा पदार्थको कोटा वढाउन माग गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले अहिले बिश्व राजनितिका कारण व्यवसायमा समस्या परेको वताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...