विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

Advertisement


लालझाडी, कञ्चनपुर ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको परिवारलाई बीमा दाबी बापतको क्रिया खर्च रकम भुक्तानी गरेको छ।
संस्थाको ‘लक्ष्मी बैंकिङ समुदाय’ मा आबद्ध, लालझाडी गाउँपालिका वडा नं. १, डाँडा बिचावा निवासी सदस्यता नम्बर ३७.००३२.०३.२ भएकी पार्वती देवी रानाको अचानक असामयिक निधन भएपछि संस्थाले उनकाे घरपरिवारलाई आर्थिक राहत स्वरूप क्रिया खर्च रकम उपलब्ध गराएको हो।
दिवङ्गत सदस्य रानाको परिवारमा आइपरेको यस ठूलो बज्रपात र दुःखद घडीमा राहत पुगोस् भन्ने उद्देश्यले संस्थाको नियम अनुसार रु. २२,५६१ (बाइस हजार पाँच सय एकसट्ठी रुपैयाँ) को चेक उनका श्रीमान् जित बहादुर रानालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।
लघुवित्त वित्तीय संस्थाले विपन्न तथा ग्रामीण क्षेत्रका महिलाहरूलाई आयआर्जनमा मात्र नभई सदस्यहरूलाई आइपर्ने यस्ता भवितव्य र दुःखद विपत्तिमा पनि ‘कल्याणकारी कोष’ तथा बीमा मार्फत सारथी बन्दै आएको शाखा कार्यालयले जनाएको छ। दुःखको यस घडीमा संस्थाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गम्भीर समवेदना समेत प्रकट गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...