Day: २०८३ कार्तिक १३, बिहीबार

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

समाचार
लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको परिवारलाई बीमा दाबी बापतको क्रिया खर्च रकम भुक्तानी गरेको छ। संस्थाको 'लक्ष्मी बैंकिङ समुदाय' मा आबद्ध, लालझाडी गाउँपालिका वडा नं. १, डाँडा बिचावा निवासी सदस्यता नम्बर ३७.००३२.०३.२ भएकी पार्वती देवी रानाको अचानक असामयिक निधन भएपछि संस्थाले उनकाे घरपरिवारलाई आर्थिक राहत स्वरूप क्रिया खर्च रकम उपलब्ध गराएको हो। दिवङ्गत सदस्य रानाको परिवारमा आइपरेको यस ठूलो बज्रपात र दुःखद घडीमा राहत पुगोस् भन्ने उद्देश्यले संस्थाको नियम अनुसार रु. २२,५६१ (बाइस हजार पाँच सय एकसट्ठी रुपैयाँ) को चेक उनका श्रीमान् जित बहादुर रानालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। लघुवित्त वित्तीय संस्थाले विपन्न तथा ग्रामीण क्षेत्रका महिलाहरूलाई आयआर्जनमा मात्र नभई सदस्यहरूलाई आइपर्ने यस्ता...