पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रक्राउ परेका छन् । शनिवार विहान ओलीलाई उनको भक्तपुरको गुन्डुस्थित निवासबाट र लेखकलाई पनि उनको भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको हो ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरि घटेको घटानामा संलग्न भएको आरोपको अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई प्रक्राउ गरिएको जानकारी दिएको छ । नेपालको इतिहासमा पहिलो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पुरा गरिसकेका व्यक्तिहरुलाई ज्यान मारेको अभियोगमा पक्राउ गरिएको हो ।
शुक्रवार बालेन शाह नेतृत्वको नयाँ सरकार बनेसँगै बसेको मन्त्रिपरिषदको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गृहमन्त्री सुधन गुरुङले शुक्रवार लाम...














