जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

Advertisement


जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको छ ।

गम्भीर रुपमा घाइते हुनुभएका कार्किलाई हिजो नै कोहलपुर मेडीकल कलेजमा रीफर गरिएको थियो । उपचारको क्रममा उहाँको आज विहान मृत्यु भएको आफन्त टीकारजंग वलीले जानकारी दिनुभयो । त्यस्तै हालसम्म पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन् ।

उक्त पहिरोबाट सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा वडा २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन्।

घाइते तीन जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ।

त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको छ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रभावित केहि स्थानमा अविरल वर्षा र पहिरोका कारण सुरक्षाकर्मिहरु समेत पुग्न नसकको जनाइएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले आज विहानै देखि खोज तथा उद्धारका कार्यमा तिनवटै सुरक्षा निकाय जुटेको बताउनुभयो। गोरखापत्र अनलाइन

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

 लालझाडी ३ रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुर र डडेल्धुराका १३ जना कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवामा स...
बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

बेलडाँडीमा हात्तीको आतंक संगै त्रास : हात्तीले घर भत्कायो २ बच्चा सहित भागेर जोगिइन एक महिला

   लालझाडी ३ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प टोलमा जंगली हात्तीले आतंक मच्चाउँदै एक घर भत्काइदिएको छ भने ...
जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते

जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यु भ...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...
जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

लालझाडी कंचनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिं का प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले राजिनामा दिएका छन्, ...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस...
डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

लालझाडी कंचनपुर ,डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेस्थित एक टहरामा खाना पकाउने क्रममा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबर...