घानामा हेलिकोप्टर दुर्घटना : रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

Advertisement

घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ ।

घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ ।

यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचासंस्था एपीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद, सत्तारूढ नेशनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद, र चार जना चालक दलका सदस्य रहेका छन् ।

हेलिकोप्टर राजधानी आक्राबाट बिहान सुनखनन क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन भएको थियो। केही घण्टापछि त्यसको भग्नावशेष अदांसी, अशान्ति क्षेत्रमा फेला परेको समाचारमा जनाइएको छ ।

सरकारले यो दुर्घटनालाई ‘राष्ट्रिय शोक’ को संज्ञा दिएको छ । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न रक्षामन्त्री बोआमहको निवास र पार्टी मुख्यालयमा शोकसन्तप्तहरूको भीड लागेको छ ।

घटनास्थलको भीडीओमा जङ्गलमा जलिरहेको हेलिकोप्टरको टुक्रा देखिन्छ । त्यहाँ स्थानीयहरू उद्धारका लागि प्रयासरत देखिन्छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

सेनाले छानबिन प्रक्रिया शुरू गरिसकेको जनाएको छ । सरकारी सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर Z9 मोडलको हो । यो सामान्यत यातायात र स्वास्थ्य आपतकालीन सेवाका लागि प्रयोग हुने गर्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेक...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौर...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्व...