लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?
कञ्चनपुरसरकारले आगामी २०८३ साल फागुनभित्र स्थानीय र प्रदेश तहको निर्वाचन गर्ने तयारी गरिरहँदा कञ्चनपुरको लालझाडी गाउँपालिकामा चुनावी सरगर्मी निकै चुलिएको छ। यसै क्रममा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लालझाडी गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट फुत्काउन त्रिपक्षीय महाभिडेन्त हुने निश्चित देखिएको छ।
रास्वपाबाट गाउँपालिका अध्यक्षको टिकटका लागि भिड्न लागेका तीनै जना आकांक्षीहरू स्थानीय स्तरमा खरो समाजसेवी, विकास प्रेमी, भ्रष्टाचार विरोधी र सुशासनका हिमायती मानिन्छन्। सबैभन्दा रोचक पक्ष त के छ भने, यी तीनै जना उम्मेदवारहरू जातीयता र क्षेत्रीयताको संकुचित सोचभन्दा माथि उठेर वर्गीयताको सूत्रमार्फत सामाजिक सद्भाव कायम राख्न सक्ने स्वच्छ छविका बौद्धिक व्यक्ति...








