पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग
लालझाडी ३ कंचनपुर। स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल ट्रष्टको स्थापना भएको हो। धनकुटादेखि पोखरासम्म अहिले नेपाल ट्रष्टको नाममा हजारौं रोपनी जग्गा रहेको छ। कतिपय जग्गा व्यक्तिले समेत कब्जा गरेका छन्। पूर्वराजा वीरेन्द्र परिवारको नाममा रहेको सम्पत्ति स्वामित्व नेपाल ट्रष्टको नाममा ल्याएपनि उक्त सम्पत्तिको व्यापक दुरूपयोग भएको देखिन्छ। सीमित व्यावसायिक घराना र दलीय कार्यकर्ताले नेपाल ट्रष्टको रजाइँ गरिरहेका छन्।
केपी शर्मा ओलीले नेपाल ट्रष्टको संरक्षक रहेका बेला नेपाल ट्रष्टको जग्गामा उनी निकट व्यापारी यती ग्रुपले साम्राज्य खडा गरेको थियो। ओलीको नेतृत्वमा नीतिगत भ्रष्टाचार गरेरै पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्ति यती ग्रुपलाई सुम्पने काम भएको थियो। नेपाल ट्रष्टको सञ्चालक समितिमा मुख्यसचिव लगायत आधा दर्जन बढी विभिन्न मन्त्...







