हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग
नेपालका लघुवित्त वित्तीय संस्थाहरुले विगत केही वर्षदेखि विभिन्न चुनौतीहरुको सामना गरिरहेका छन्। आर्थिक मन्दी, सदस्यहरुको आम्दानीमा आएको कमी, प्राकृतिक विपद्, वैदेशिक रोजगारीको अनिश्चितता, बहुऋणग्रस्तता तथा कर्जा असुलीमा आएको जटिलताले संस्थाहरुको वित्तीय अवस्था प्रभावित भएको छ। यस्ता चुनौतीपूर्ण परिस्थितिमा संस्थालाई दिगो रुपमा सञ्चालन गर्न व्यवस्थापन, कर्मचारी र सदस्यबीचको विश्वास तथा सहकार्य सबैभन्दा महत्वपूर्ण आधार हो।
जोखिम व्यवस्थापन र कर्जा असुलीको दृष्टिकोणबाट हेर्दा असुली केवल पैसा उठाउने प्रक्रियामात्र नभएर सदस्यसँगको सम्बन्ध जोगाउने माध्यम पनि हो। प्रत्येक सदस्यको वास्तविक अवस्था बुझेर समाधानमुखी संवाद गर्न आवश्यक हुन्छ।
आर्थिक समस्या भएका सदस्यलाई किस्ता पुनर्तालिकीकरण, व्यावहारिक भुक्तानी योजना तथा आयआर्जन बढाउने उपायहरुबारे परामर्श दिन सकिन्छ। यसले सदस्यलाई संस्...















