लालझाडी गाउँपालिकाको २० औँ गाउँसभामा ४६ करोड बजेट पारित

Advertisement

असार ०९,लालझाडी ३। कञ्चनपुरको लालझाडी गाउँपालिकाको २० औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। सोमबार गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

सभामा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।प्रस्तुत बजेटअनुसार आन्तरिक आय ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ९ करोड ५३ लाख, सशर्त अनुदान (चालु) १५ करोड ४२ लाख, सशर्त अनुदान (पुँजीगत) २८ लाख, विशेष अनुदान २ करोड २० लाख तथा समपूरक अनुदान २ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ९९ लाख ४० हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण ८५ लाख ६९ हजार, राजस्व बाँडफाँड १ करोड, सशर्त अनुदान ७५ लाख, समपूरक अनुदान ९५ लाख ४१ हजार तथा विशेष अनुदान ६६ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै अघिल्लो वर्षको मौज्दात रकम १ करोड रुपैयाँ समावेश गरिएको छ।व्ययतर्फ चालु खर्च २५ करोड ७२ लाख ४९ हजार रुपैयाँ तथा पुँजीगत खर्च २० करोड ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार उक्त वर्ष आन्तरिक आय ६३ लाख ३३ हजार १३९ रुपैयाँ तथा बाह्य आय ४१ करोड १२ लाख १८२ रुपैयाँ गरी कुल आय ४१ करोड ७५ लाख ३३ हजार ३२१ रुपैयाँ रहेको थियो।

सोही अवधिमा चालु खर्च २१ करोड ३३ लाख २६ हजार ४७९ रुपैयाँ तथा पुँजीगत खर्च १९ करोड ५९ लाख २ हजार ६ रुपैयाँ गरी कुल ४० करोड ९२ लाख २८ हजार ४८५ रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्षको अन्त्यमा ८३ लाख ४ हजार ८३६ रुपैयाँ नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ।

सभामा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको यथार्थ आय–व्यय विवरण पनि सार्वजनिक गरिएको थियो। विवरण अनुसार कुल आय ३७ करोड ६ लाख १ हजार ४१८ रुपैयाँ पुगेको छ, जसमा आन्तरिक आय ५८ लाख ८० हजार ६१३ रुपैयाँ रहेको छ। त्यस्तै, जेठ मसान्तसम्म कुल खर्च २५ करोड २५ लाख ९६ हजार ३१ रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि गाउँपालिकाले वडागत रूपमा करिब २ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। वडा नं. १ लाई ४९ लाख, वडा नं. २ लाई ३५ लाख ९१ हजार, वडा नं. ३ लाई ३५ लाख ६७ हजार, वडा नं. ४ लाई ४६ लाख २३ हजार, वडा नं. ५ लाई ३३ लाख ५९ हजार र वडा नं. ६ लाई २९ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले विभिन्न विषयगत शाखाका लागि ३ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ। शिक्षा शाखालाई ३२ लाख, कृषि शाखालाई २५ लाख, पशुपन्छी शाखालाई २० लाख, सहकारी विकास शाखालाई ६ लाख, स्वास्थ्य शाखालाई ७६ लाख ३ हजार, आयुर्वेद औषधालयलाई ७ लाख, महिला विकास शाखालाई १० लाख, उद्यम विकास शाखा तथा रोजगार सेवा केन्द्रलाई १० लाख ४७ हजार, सूचना प्रविधि शाखालाई ३ लाख तथा खानेपानी तथा सरसफाइ शाखालाई २ लाख रुपैयाँ छुट्याइएको छ। त्यस्तै अध्यक्ष विशेष पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभामा आर्थिक वर्ष २०८२/८३ को न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार हालसम्म ४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने २ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै २ वटा मुद्दामा मिलापत्र भएको र २ वटा मुद्दामा मिलापत्र हुन बाँकी रहेको जनाइएको छ। गाउँपालिकाभर २१ जना मेलमिलापकर्ता सूचीकृत रहेका छन् भने एउटा मुद्दा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको उल्लेख गरिएको छ।

न्यायिक समितिको कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा जनमुखी बनाउन आगामी आर्थिक वर्षमा सबै वडाका मेलमिलाप केन्द्रलाई सक्रिय बनाउने, मेलमिलापकर्तालाई पुनर्ताजगी तथा कानुनी तालिम सञ्चालन गर्ने, बस्तीस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न विशेष प्राथमिकता दिने योजना सार्वजनिक गरिएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्नुका साथै विनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ माथि छलफल गरी पारित गरेको गाउँपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...