लालझाडी गाउँपालिकाको २० औँ गाउँसभामा ४६ करोड बजेट पारित

Advertisement

असार ०९,लालझाडी ३। कञ्चनपुरको लालझाडी गाउँपालिकाको २० औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। सोमबार गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

सभामा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।प्रस्तुत बजेटअनुसार आन्तरिक आय ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ९ करोड ५३ लाख, सशर्त अनुदान (चालु) १५ करोड ४२ लाख, सशर्त अनुदान (पुँजीगत) २८ लाख, विशेष अनुदान २ करोड २० लाख तथा समपूरक अनुदान २ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ९९ लाख ४० हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण ८५ लाख ६९ हजार, राजस्व बाँडफाँड १ करोड, सशर्त अनुदान ७५ लाख, समपूरक अनुदान ९५ लाख ४१ हजार तथा विशेष अनुदान ६६ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै अघिल्लो वर्षको मौज्दात रकम १ करोड रुपैयाँ समावेश गरिएको छ।व्ययतर्फ चालु खर्च २५ करोड ७२ लाख ४९ हजार रुपैयाँ तथा पुँजीगत खर्च २० करोड ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार उक्त वर्ष आन्तरिक आय ६३ लाख ३३ हजार १३९ रुपैयाँ तथा बाह्य आय ४१ करोड १२ लाख १८२ रुपैयाँ गरी कुल आय ४१ करोड ७५ लाख ३३ हजार ३२१ रुपैयाँ रहेको थियो।

सोही अवधिमा चालु खर्च २१ करोड ३३ लाख २६ हजार ४७९ रुपैयाँ तथा पुँजीगत खर्च १९ करोड ५९ लाख २ हजार ६ रुपैयाँ गरी कुल ४० करोड ९२ लाख २८ हजार ४८५ रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्षको अन्त्यमा ८३ लाख ४ हजार ८३६ रुपैयाँ नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ।

सभामा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको यथार्थ आय–व्यय विवरण पनि सार्वजनिक गरिएको थियो। विवरण अनुसार कुल आय ३७ करोड ६ लाख १ हजार ४१८ रुपैयाँ पुगेको छ, जसमा आन्तरिक आय ५८ लाख ८० हजार ६१३ रुपैयाँ रहेको छ। त्यस्तै, जेठ मसान्तसम्म कुल खर्च २५ करोड २५ लाख ९६ हजार ३१ रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि गाउँपालिकाले वडागत रूपमा करिब २ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। वडा नं. १ लाई ४९ लाख, वडा नं. २ लाई ३५ लाख ९१ हजार, वडा नं. ३ लाई ३५ लाख ६७ हजार, वडा नं. ४ लाई ४६ लाख २३ हजार, वडा नं. ५ लाई ३३ लाख ५९ हजार र वडा नं. ६ लाई २९ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले विभिन्न विषयगत शाखाका लागि ३ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ। शिक्षा शाखालाई ३२ लाख, कृषि शाखालाई २५ लाख, पशुपन्छी शाखालाई २० लाख, सहकारी विकास शाखालाई ६ लाख, स्वास्थ्य शाखालाई ७६ लाख ३ हजार, आयुर्वेद औषधालयलाई ७ लाख, महिला विकास शाखालाई १० लाख, उद्यम विकास शाखा तथा रोजगार सेवा केन्द्रलाई १० लाख ४७ हजार, सूचना प्रविधि शाखालाई ३ लाख तथा खानेपानी तथा सरसफाइ शाखालाई २ लाख रुपैयाँ छुट्याइएको छ। त्यस्तै अध्यक्ष विशेष पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभामा आर्थिक वर्ष २०८२/८३ को न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार हालसम्म ४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने २ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै २ वटा मुद्दामा मिलापत्र भएको र २ वटा मुद्दामा मिलापत्र हुन बाँकी रहेको जनाइएको छ। गाउँपालिकाभर २१ जना मेलमिलापकर्ता सूचीकृत रहेका छन् भने एउटा मुद्दा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको उल्लेख गरिएको छ।

न्यायिक समितिको कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा जनमुखी बनाउन आगामी आर्थिक वर्षमा सबै वडाका मेलमिलाप केन्द्रलाई सक्रिय बनाउने, मेलमिलापकर्तालाई पुनर्ताजगी तथा कानुनी तालिम सञ्चालन गर्ने, बस्तीस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न विशेष प्राथमिकता दिने योजना सार्वजनिक गरिएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्नुका साथै विनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ माथि छलफल गरी पारित गरेको गाउँपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँक...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्व...