रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन

Advertisement

 लालझाडी ३ रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुर र डडेल्धुराका १३ जना कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवामा सञ्चालित जलविद्युत् आयोजनामा कार्यरत थिए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का नरेश चौधरी, हरिश चौधरी र नरेन्द्र चौधरी बुधबार बिहानदेखि सम्पर्कविहीन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार तीनै जना गत असारमा रोजगारीका लागि रसुवा पुगेका थिए।

त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाका १० जना कामदार पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। वडा नम्बर ३ कान्तिपुरका ६ जना, वडा नम्बर ७ नाउजीका तीन जना र वडा नम्बर ८ कुर्जेनीका एक जना सम्पर्कविहीन रहेको वडाध्यक्ष बलबहादुर बुढामगरले बताए।

सम्पर्कविहीन हुनेमा कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली रहेका छन्। त्यस्तै, नाउजीका दीपक घर्तिमगर, राजेश घर्तिमगर र किरण घर्तिमगर तथा कुर्जेनीका चन्द्रबहादुर जर्घा रहेका छन्।

उनीहरू करिब पाँच महिनाअघि रोजगारीका लागि रसुवा पुगेका थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष बुढामगरले बताए।

वडाध्यक्ष बुढामगरका कान्छा छोरा सुनील बुढामगर पनि सोही क्षेत्रमा काम गर्न गएका थिए। तर, बुधबार काममा नगएकाले उनी सुरक्षित रहेको जनाइएको छ। सुनीलका अनुसार आफूहरू बस्ने डेरा पहाडतर्फ र काम गर्ने स्थान खोलाको किनारमा रहेको छ।

सुनीलले आफूसँगै कार्यरत करिब ३५ जना कामदारसमेत सम्पर्कविहीन रहेको जानकारी दिएको वडाध्यक्ष बुढामगरले बताए।

सम्पर्कविहीन कामदारहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...