रसुवाको बाढीमा कञ्चनपुर र डडेल्धुराका १३ कामदार सम्पर्कविहीन
लालझाडी ३ रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुर र डडेल्धुराका १३ जना कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवामा सञ्चालित जलविद्युत् आयोजनामा कार्यरत थिए।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का नरेश चौधरी, हरिश चौधरी र नरेन्द्र चौधरी बुधबार बिहानदेखि सम्पर्कविहीन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार तीनै जना गत असारमा रोजगारीका लागि रसुवा पुगेका थिए।
त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाका १० जना कामदार पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। वडा नम्बर ३ कान्तिपुरका ६ जना, वडा नम्बर ७ नाउजीका तीन जना र वडा नम्बर ८ कुर्जेनीका एक जना सम्पर्कविहीन रहेको वडाध्यक्ष बलबहादुर बुढामगरले बताए।
सम्पर्कविहीन हुनेमा कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली रहेका छन्। त्यस्तै, नाउजीका दीपक घर्त...






