यी ३० सार्वजनिक निकाय खारेज गर्दै बालेन सरकार: अर्बौँको बचत, सयौँको जागिर चट
लालझाडी ३ कंचनपुर ,प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक भर्ती केन्द्र बनाइएका ३० वटा सार्वजनिक निकायहरूलाई खारेज, समायोजन (गाभ्ने) र हस्तान्तरण गर्ने प्रक्रिया थालेको छ।
विगतका विभिन्न चार वटा अध्ययन कार्यदल र ‘सुशासन मार्गचित्र २०८२’ लाई आधार मानेर सरकारले तत्काल यी निकायहरूको खारेजी, हस्तान्तरण र समायोजन प्रक्रिया अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले विभिन्न समिति, कोष, आयोजना, परियोजना, केन्द्र, कार्यक्रम र बोर्ड गठन गरी दल तथा प्रभावशाली व्यक्तिनिकटलाई राजनीतिक नियुक्ति दिने यस्ता सार्वजनिक निकाय खारेजीलगायतका प्रक्रियाबाट बर्सेनि अर्बौं रुपैयाँ बचत हुने सरकारको भनाइ छ।
सरकारले २०५१ सालमा बनेर हालसम्म कार्यान्वयनमै नआएको ऐन कार्यान्वयन गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिदेखि निर्वाचनका बेलामात्र सक्रिय हुने जिल्ला ...















