समाचार

शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

Breaking News 1, समाचार
काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो । बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । घाइते राईलाई अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उहाँको भनाइ छ ।...
नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

Breaking News 2, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेवा करारको म्याद थप गर्ने प्रयोजनका लागि घुस लेनदेन गरेको पुष्टि भएपछि आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार नगर प्रमुख वादीले विगत आठ वर्षदेखि करारमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको म्याद थप गरिदिएबापत एक लाख रुपियाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ। शाहले नगर प्रमुखको बैँक खातामा उक्त रकम जम्मा गरेको भौचरसहित उजुरी दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो। नगर प्रमुख वादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले बिगो एक लाख रुपियाँ कायम गरी कैद र जरिवाना...
सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग

सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग

समाचार, सुदूरपश्चिम
एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो  १४ अौँ वार्षिक उत्सवको अवसर पारी कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।  प्रादेशिक कार्यालय धनगढी मार्फत  सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको  हो लघुवित्तले १३ वर्ष पुरा गरी १४ वर्ष पुरा गरेको अवसरमा सहारा घरलाई खाद्यान्न सहयोग गरिएको लघुवित्तका धनगढी प्रादेशिक कार्यालयका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए । उनका अनुसार सहारा घरलाई ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि, १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगुन सहयोग गरिएको हो । आईतबार एक कार्यक्रमका बिच सो सामग्री सहारा घरलाई हस्तान्तरण गरिएको छ । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन...
रास्वपाको सचिवालय बैठक भोलि बस्ने

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

समाचार
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ । सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जनाइएको छ । रासस...
दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी धामीको मृत्यु

दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी धामीको मृत्यु

Breaking News 1, समाचार
दार्चुलामा निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लडेर २७ बर्षीय युवकको मृत्यु भएको छ। बिहीबार निर्वाचन प्रहरीबाट बिदाइ भएर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका २७ बर्षीय प्रकाश धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।   लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थायी प्रहरी पोष्ट वित्थड भरडकोटमा निर्वाचन प्रहरीको विदाइ कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा दानै भीरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका धामीको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भीरबाट लडेर घाइते भएका धामीलाई तत्कालै गोकुलेश्वर अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेपछि धनगढी...
छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । अमेरिकामा बसोबास गर्दै आएका ऎर दम्पतिले आफ्नो छोराको जन्मदिनको अवसर पारेर कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न तथा फलफूल वितरण गरेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–तुफानडाँडा स्थायी घर भई हाल अमेरिकाको एक राज्यमा बस्दै आएका बागमती ऎर र मीन ऎरले छोरा शौरभ ऎरको ५ बर्स पूरा भएर ६ बर्समा प्रबेश गरेको शुभ जन्मदिनको अवसरमा सेवा केन्द्रमा आश्रित असाहाय महिला तथा जेष्ठ नागरिकलाई खाना खुवाउनुका साथै फलफूल वितरण गरेका हुन्। महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका असाहाय तथा जेष्ठ नागरिकहरूलाई नातिको जन्मदिनको शुभअवसरमा सेवा गर्न पाउँदा निकै खुसी लागेको समाजसेवी तथा शौरभ ऎरका बाजे देवबहादुर जोराले बताए। उनले यस्ता मानवीय सेवाका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे। हाल उक्त महिला तथा जेष्ठ नागरिक सेव...
महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । महेन्द्रनगरस्थित TVS शोरूम (महामाया ट्रेड एण्ड सप्लायर्स) ले ग्राहकहरूका लागि ‘TVS स्मार्ट एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ। माघ १ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ TVS सवारी साधन साट्न सकिने व्यवस्था गरिएको छ। योजनाअनुसार ग्राहकले रु. ८ हजारसम्मको भ्यालु एडिसन, रु. ७ हजारसम्मको क्यास डिस्काउन्ट तथा निःशुल्क एशोसिरिज प्राप्त गर्नेछन्। साथै, TVS का सवारी साधनमा लाइफ टाइम वारेन्टी समेत उपलब्ध गराइने शोरूम म्यानेजर भागरथी आग्रीले बताइन ।योजनामा फटाफट फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसका लागि न्यूनतम कागजातमै सवारी साधन खरिद गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ। यस योजनाले ग्राहकलाई सहज, किफायती र भरपर्दो रूपमा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। पछिल्लो समय TVS का विभिन्न मोडलका ...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा नेपाली कांग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका हुन्। भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।” उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अ...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

uncategory, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व सम्मत रुपमा अध्यक्षमा दोहिरिएका हुन । सुनारको अध्यक्षतामा सर्व सम्मत नया समिती चयन गरिएको हो । संघको बरिस्ठ उपाध्यक्षमा ध्रुब निरौला र उपाध्यक्षमा डम्बर गहतराज र मनोज सिह सुनार चयन भएका छ्न। संघको महासचिवमा अशोक ठाकुर र सचिवमा अन्जु सुनुवार र कोषाध्यक्षमा सुमित लामिछाने अधिवेशनबाट चयन भएका छ्न । नया समितीको सदस्यमा राजेन्द्र पौडेल, रोशन शोब, प्रकाश बिक, मुनिदेबी शाह, चादनी ठाकुर, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मीन बहादुर सुनार र सुरेन्द्र सोब सदस्य भएका छ्न । संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोस लामिछानेले अधिवेशन उद्घाटन गरे । संघको १७ औ साधारण सभा तथा सातौ अधिवेशनको अध्यक्षता सुरत बहादुर सुनारले गरे । कार्यक्रममा संघका पूर...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्रेशन फाराम) समयमै नबुझाएको भन्दै जिल्लाका केही माध्यमिक विद्यालयहरूलाई सचेत गराएको छ। इकाइले सार्वजनिक गरेको सूचनाअनुसार कक्षा १० मा भर्ना भएका एसईई परीक्षा दिने विद्यार्थीहरूको रजिस्ट्रेशन फाराम अनिवार्य रूपमा यस इकाइमा बुझाउनुपर्ने व्यवस्था भए पनि केही विद्यालयहरूले पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत तोकिएको समयसीमाभित्र विवरण पेश नगरेको पाइएको छ। सूचनामा उल्लेख गरिएअनुसार २०८१ मंसिर महिनामा समेत सम्बन्धित विद्यालयहरूलाई जानकारी गराइए पनि हालसम्म फाराम नबुझाएको पाइएकाले अब त्यसबाट पर्न जाने असर–परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वयं हुने स्पष्ट गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका इकाइ प्रमुख लक्ष्मण गिर...