यी ३० सार्वजनिक निकाय खारेज गर्दै बालेन सरकार: अर्बौँको बचत, सयौँको जागिर चट

Advertisement

लालझाडी ३ कंचनपुर ,प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक भर्ती केन्द्र बनाइएका ३० वटा सार्वजनिक निकायहरूलाई खारेज, समायोजन (गाभ्ने) र हस्तान्तरण गर्ने प्रक्रिया थालेको छ।

विगतका विभिन्न चार वटा अध्ययन कार्यदल र ‘सुशासन मार्गचित्र २०८२’ लाई आधार मानेर सरकारले तत्काल यी निकायहरूको खारेजी, हस्तान्तरण र समायोजन प्रक्रिया अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले विभिन्न समिति, कोष, आयोजना, परियोजना, केन्द्र, कार्यक्रम र बोर्ड गठन गरी दल तथा प्रभावशाली व्यक्तिनिकटलाई राजनीतिक नियुक्ति दिने यस्ता सार्वजनिक निकाय खारेजीलगायतका प्रक्रियाबाट बर्सेनि अर्बौं रुपैयाँ बचत हुने सरकारको भनाइ छ।

सरकारले २०५१ सालमा बनेर हालसम्म कार्यान्वयनमै नआएको ऐन कार्यान्वयन गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिदेखि निर्वाचनका बेलामात्र सक्रिय हुने जिल्ला निर्वाचन कार्यालयसम्म खारेजीको तयारी थालेको छ।

पूर्वगृहमन्त्री तथा अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा २०८१ सालमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि यस्ता निकायको खारेजी, गाभ्ने र हस्तान्तरण गर्ने सिफारिस गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव चूडामणि पौडेलको संयोजकत्वमा गत २६ फागुनमा गठन भएको कार्यदलले समेत अघिल्ला कार्यदल र आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने सुझावसहितको मार्गचित्र सरकारलाई बुझाएको थियो।

यति धेरै प्रयास भए पनि दलीय पहुँच र सरकारको उदासीनताका कारण प्रभावकारी कार्यसम्पादन नभएका निकायहरूमा तलब, भत्ता र सुविधामात्र खाएर बस्ने हजार जना हाराहारी कर्मचारी रहेको यी प्रतिवेदनमा उल्लेख छ।

सरकारले पछिल्लो नीति तत्काल कार्यान्वयनमा ल्याए यस्ता सार्वजनिक निकायमा भएका राजनीतिक नियुक्तिको अन्त्य भई ती निकायमा कार्यरत कर्मचारीलाई अवकाश र समायोजनको बाटो खुल्ने सरकारको बुझाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...