आयो २०८३ सालमा बैंक बिदाको क्यालेन्डर, दशैंमा ७ र तिहारमा ५ दिन (सूचीसहित)

Advertisement

 

लालझाडी । नेपाल राष्ट्र बैंकले आगामी वर्ष विक्रम संवत् २०८३ सालका लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८३ सालभरी हुने सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदा र बैंकिङ कारोबार समयको बारेमा जानकारी गराएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बिदाको सूची अनुसार २०८३ सालको बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि सुरु भई कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन हुनेछ। त्यस्तै, अर्को ठूलो चाड तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन रहनेछ ।

अन्य मुख्य बिदाका मितिहरू यसप्रकार छन्ः
नयाँ वर्षः वैशाख १ गते
विश्व मजदुर दिवस बुद्ध जयन्ती / उभौली पर्वः वैशाख १८ गते
गणतन्त्र दिवसः जेठ १५ गते
रक्षाबन्धनः भदौ १२ गते
गाईजात्राः भदौ १३ गते
श्रीकृष्ण जन्माष्टमी / गौरा पर्वः भदौ १९ गते
हरितालिका (तीज): भदौ २९ गते (महिला कर्मचारीका लागि मात्र)
संविधान दिवस : असोज ३ गते
इन्द्रजात्राः असोज ९ गते (काठमाडौँ उपत्यका मात्र)
घटस्थापनाः असोज २५ गते
छठ पर्वः कात्तिक २९ गते
महाशिवरात्रिः फागुन २२ गते
फागु पूर्णिमा (होली): चैत ७ गते (पहाडी ५६ जिल्ला) र चैत ८ गते (तराईका जिल्ला)

राष्ट्र बैंकले मौसमअनुसार कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । नियमित समय (वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैतमसान्तसम्म) कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

हिउँदको ४ महिनामा कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

प्रत्येक शनिबार बैंक पूर्ण बिदा रहनेछ । नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको दिनमा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस र मौद्रिक व्यवस्थापन जस्ता अत्यावश्यक बैंकिङ सेवाहरू सुचारु रहनेछन् । यस्तो अवस्थामा न्यून कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म काउन्टरहरू खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...