आयो २०८३ सालमा बैंक बिदाको क्यालेन्डर, दशैंमा ७ र तिहारमा ५ दिन (सूचीसहित)
लालझाडी । नेपाल राष्ट्र बैंकले आगामी वर्ष विक्रम संवत् २०८३ सालका लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८३ सालभरी हुने सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदा र बैंकिङ कारोबार समयको बारेमा जानकारी गराएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको बिदाको सूची अनुसार २०८३ सालको बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि सुरु भई कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन हुनेछ। त्यस्तै, अर्को ठूलो चाड तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन रहनेछ ।
अन्य मुख्य बिदाका मितिहरू यसप्रकार छन्ः
नयाँ वर्षः वैशाख १ गते
विश्व मजदुर दिवस बुद्ध जयन्ती / उभौली पर्वः वैशाख १८ गते
गणतन्त्र दिवसः जेठ १५ गते
रक्षाबन्धनः भदौ १२ गते
गाईजात्राः भदौ १३ गते
श्रीकृष्ण ...






