Author: साइनो नेटवर्क

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

समाचार
  राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले यो सहित ६ वटा अध्यादेश पठाएपछि अहिलेलाई एउटा मात्रै जारी गरेका हुन् ।...
राष्ट्रपतिले बोलाए महान्यायाधिवक्ता पुगे शीतलनिवास, के हुन्छ अध्यादेश ?

राष्ट्रपतिले बोलाए महान्यायाधिवक्ता पुगे शीतलनिवास, के हुन्छ अध्यादेश ?

समाचार
  सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि पठाएपछि राष्ट्रपति पौडेल कानुनी परामर्शमा जुटिरहेका छन् । बिहीबार अपराह्न महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर उनले छलफल गरेका छन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारको रुपमा चिनिन्छन् । यसर्थ, राष्ट्रपति पौडेलले सरकारले पठाएका अध्यादेशबारे आफूले अध्ययन गरिरहेको विषय महान्यायाधिवक्ता कँडेललाई जानकारी गराउन शीतलनिवासमा बोलाएका हुन् अध्यादेशका सम्बन्धमा महान्यायाधिवक्ता कँडेलसँग राष्ट्रपति पौडेलले राय पनि मागेका छन् ।  जवाफमा महान्यायाधिवक्ता कँडेलले सरकारले पठाएका अध्यादेशभित्रका विषयमा राष्ट्रपति प्रवेश गर्न नमिल्ने राय दिएका छन् । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर सिफारिस भएका अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने भन्दै उनले कन्टेन्टमा प्रवेश गर्न नहुने सुझाव दिएको बताइएको छ । सरक...
लगत संकलन नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

लगत संकलन नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

uncategory
कंचनपुर ,उपत्यका लगायत देशका विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासी बस्तीहरू हटाउने क्रममा आवश्यक लगत संकलन र वैकल्पिक व्यवस्थाको सुनिश्चितता नगरी डोजर चलाइएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्।   प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकहरूको संयुक्त बैठकले सरकारको उक्त कदमलाई “जनविरोधी” र “त्रास सिर्जना गर्ने” कार्य भएको निष्कर्ष निकालेको छ। विपक्षी दलहरूले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूको वास्तविक पहिचान, लगत संकलन तथा कानुनी स्थिति स्पष्ट नगरी गरिएको बस्ती हटाउने कार्यले नागरिक अधिकारमाथि गम्भीर असर पारेको बताएका छन्। उनीहरूको भनाइमा, वैकल्पिक आवास वा पुनःस्थापनाको सुनिश्चितता बिना गरिएको यस्तो कार्य मानवीय दृष्टिले पनि स्वीकार्य छैन।   संयुक्त विज्ञप्तिमा सरकारले अपनाएको कार्यशैली...
वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ७७ करोड राजस्व संकलन 

वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ७७ करोड राजस्व संकलन 

समाचार
  लालझाडी ३ कंचनपुर ,वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताए। भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने रु एक खर्ब ९९ अर्ब ३४ करोड लक्ष्य निर्धारण गरेको थियो। वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो। त्यस्तै पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनम...
‘दुई करोडको सम्पत्ति देखाउनेले २५ लाख लुकाउँदैन’  https://sainonetwork.com/?p=7507&preview=true

‘दुई करोडको सम्पत्ति देखाउनेले २५ लाख लुकाउँदैन’ https://sainonetwork.com/?p=7507&preview=true

समाचार
  लालझाडी ३ कंचनपुर ,सेयर लगानी र सम्पत्ति विवरणलाई लिएर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले आफ्नो बचाउसहित स्पष्टीकरण दिएका छन्। उनको सचिवालयले सञ्चालन गर्ने ह्वाट्सएप ग्रुपमार्फत उनले आफूमाथि लागेका आरोप निराधार रहेको र तथ्यलाई बङ्ग्याएर प्रस्तुत गरिएको दाबी गरेका छन्। उनले सेयर लुकाएको, मन्त्री हुनुअघि शंकास्पद रूपमा सेयर किनेको र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना गरेको भन्ने आरोपहरूको बुँदागत रूपमा खण्डन गरेका हुन्। २५ लाख रुपैयाँबराबरको सेयर लुकाएको भन्ने आरोपबारे स्पष्ट पार्दै उनले भनेका छन्, “मैले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमै दुई करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरेको छु। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी सोही समूहभित्रै पर्छ। यो लुकाउने नियत नभई वर्गीकरणको विषय मात्र हो।” उनले आरोप तर्कसं...
निजि क्षेत्रमा अख्तियारलाई प्रवेश गराउने सरकारको निर्णय, बैंक र बीमाका अनियमितता छानविन गर्ने

निजि क्षेत्रमा अख्तियारलाई प्रवेश गराउने सरकारको निर्णय, बैंक र बीमाका अनियमितता छानविन गर्ने

Breaking News 1
  लालझाडी ३,बालेन नेतृत्वको वर्तमान सरकारले निजि क्षेत्रमा हुने भ्रष्टाचारको निर्मम छानविन गर्न अख्तियारको कार्यक्षेत्र विस्तार गरेर अघि लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यही चैत्र ३० गते सार्वजनिक गरेको भ्रष्टाचार नियन्त्रण सम्बन्धी रणनीति २०८२।०८३–२०८७।०८८ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । गत मंगलबार सार्वजनिक गरिएको मस्यौदामा निजि क्षेत्रबाट नेपाल सरकारलाई हुने क्षति वा हानी सम्बन्धमा अख्तियार वा अन्य निकायबाट भ्रष्टाचार सरह अपराध मानेर छानविन गराउने गरी रणनीति तयार गरिएको हो । सार्वजनिक गरिएको मस्यौदाको रणनीतिक स्तम्भ ३ अन्तर्गत सरकारी, प्राईभेट वा पब्लिक कम्पनीभित्र हुने भ्रष्टाचार वा दुष्कृतिजन्य कार्यहरुको छानविन गर्न आवश्यक प्रबन्ध गर्ने उल्लेख छ । पछिल्लो समय निजि क्षेत्रमा समेत बार्षिक अर्बौ रुपैयाँ भ्रष्टाचार हुने गरेको छ । म...
कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा रोक

कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा रोक

समाचार
लालझाडी ३ कंचनपुर ,सरकारले कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा पुर्ण रुपमा रोक लगाएको छ । नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा बुधबारदेखि सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ। कानुन मन्त्रालयको परिपत्रका आधारमा गृह मन्त्रालयको निर्देशनमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको जानकारी आएको नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले जानकारी दिए । कानुन व्यवसायीहरूलाई २०४६ सालदेखि बार काउन्सिल र नेपाल बारको परिचयपत्रका आधारमा प्रवेश दिँदै आएको छ । सिंहदरबार भित्र प्रशासकीय अदालत समेत रहेकाले कानुन व्यवसायीका लागि प्रवेश अनिवार्य गरिएको थियो । साथै कानुन मन्त्रालय र गृह मन्त्रालय संसदीय सुनुवाइ समितिमा पनि कानुन व्यवसायीहरूको उपस्थिति भइरहने भएकाले रोक लगाइएको थिएन । नयाँ सरकार आए लगतै कानुन व्यवसायीलाई सिंहदरबार प...
लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

सुदूरपश्चिम
लालझाडी ३ कंचनपुर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत, लालझाडी गाँउपालीका वडा न. १ नौरंगामा  संचालनमा रहेको माछापुछ्रे बैंकीङ समुदायको, सदस्यता कोड न. ३७.००७५.०२.५ मा आवद्ध रहेकी सदस्य नथ्थो रानाको श्रीमान जगन्नाथ रानाको २०८२ माघ १८ गते लालझाडी गाँउपालीका वडा न. १ नौरंगा स्थीतआफनै घरमा  निजको मृत्यु भएको थियो।,साथै लामो समय देखी जगन्नाथ राना बिरामी अवस्थामा रहेको हुदा निजको निरन्तर औषधी उपचार चलीरहेको थियो ,जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आवद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनुसार ,यस बिमा कम्पन...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

सुदूरपश्चिम
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत,कंचनपुर जिल्लाको लालझाडी गाँउपालीका वार्ड न. ३ बल्मी स्थीत संचालनमा रहेको सुर्योदय बैंकीङ समुदाय, सदस्यता कोड न. ३७.०००५.०१.५ मा आवद्ध रहेकी सदस्य मुना देवी रानाको श्रीमान मान सिह राना २०८२ फागुन २० पुर्नवास न.पा.को बिचपाटामा निर्वाचन म्यादी प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ,मान सिह राना डिउटीमा खटीको बेला अचानक बिरामी हुदा कैलाली सेति प्रदेशीक अस्पतालमा पउचारको क्रममा निजको मृत्यु भएको थियो।,साथै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनु...
पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग

पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग

विचार
  लालझाडी ३ कंचनपुर। स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल ट्रष्टको स्थापना भएको हो। धनकुटादेखि पोखरासम्म अहिले नेपाल ट्रष्टको नाममा हजारौं रोपनी जग्गा रहेको छ। कतिपय जग्गा व्यक्तिले समेत कब्जा गरेका छन्। पूर्वराजा वीरेन्द्र परिवारको नाममा रहेको सम्पत्ति स्वामित्व नेपाल ट्रष्टको नाममा ल्याएपनि उक्त सम्पत्तिको व्यापक दुरूपयोग भएको देखिन्छ। सीमित व्यावसायिक घराना र दलीय कार्यकर्ताले नेपाल ट्रष्टको रजाइँ गरिरहेका छन्। केपी शर्मा ओलीले नेपाल ट्रष्टको संरक्षक रहेका बेला नेपाल ट्रष्टको जग्गामा उनी निकट व्यापारी यती ग्रुपले साम्राज्य खडा गरेको थियो। ओलीको नेतृत्वमा नीतिगत भ्रष्टाचार गरेरै पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्ति यती ग्रुपलाई सुम्पने काम भएको थियो। नेपाल ट्रष्टको सञ्चालक समितिमा मुख्यसचिव लगायत आधा दर्जन बढी विभिन्न मन्त्...