कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा रोक

Advertisement

लालझाडी ३ कंचनपुर ,सरकारले कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा पुर्ण रुपमा रोक लगाएको छ ।
नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा बुधबारदेखि सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ।

कानुन मन्त्रालयको परिपत्रका आधारमा गृह मन्त्रालयको निर्देशनमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको जानकारी आएको नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले जानकारी दिए ।
कानुन व्यवसायीहरूलाई २०४६ सालदेखि बार काउन्सिल र नेपाल बारको परिचयपत्रका आधारमा प्रवेश दिँदै आएको छ । सिंहदरबार भित्र प्रशासकीय अदालत समेत रहेकाले कानुन व्यवसायीका लागि प्रवेश अनिवार्य गरिएको थियो ।

साथै कानुन मन्त्रालय र गृह मन्त्रालय संसदीय सुनुवाइ समितिमा पनि कानुन व्यवसायीहरूको उपस्थिति भइरहने भएकाले रोक लगाइएको थिएन । नयाँ सरकार आए लगतै कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेक...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौर...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्व...