नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार
कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा नेपाली कांग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका हुन्।
भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।”
उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अ...














