राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement

कंचनपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख अथित्यमा शनिवार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
मन्त्री सार्कीले सहकारीको आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको बताए । प्रदेश सरकारले सहकारीहरूलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति तथा बजेट विनियोजन गर्ने मन्त्री सार्कीले प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय सदस्य प्रताप चन्दले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मुल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नयाँ भवन निर्माणका लागि उनले मन्त्री सार्की समक्ष आवश्यक ४० लाख रुपैया छुट्याउन आग्रह गरे ।
साधारण सभामा बोल्दै केन्द्रीय लेखा आयोगका सचिव ईश्वरी प्रसाद खरेलले प्रदेश सरकारबाट बजेट हाल्नका लागी कमिसन बुझाउनुपर्ने अवस्था रहेको आरोप लगाउदै प्रदेश सरकार कमिसन मुखी भएकाले विकासमा केन्द्रित हुन उनले आग्रह गरे । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरमा २५९ महिला र ५३६ पुरुष गरी ८०४ सेयर सदस्य रहेका छन् । सहकारी संस्थाका अध्यक्ष गंगादत्त जोशीका अनुसार, संस्थाको सेयर पुजी रकम पुस १५ गतेसम्म एक करोड तीन लाख २७ हजार चार सय पुगेको छ । यसै गरी, यस संस्थाको पुस १५ गतेसम्म २७ लाख ७८ हजार ४८ रुपियाँ बचत रहेको उनले बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष जोशीले संस्थाको जम्मा निक्षेप दुई करोड ६२ लाख २९ हजार ३५७ रुपियाँ रहेको बताए ।
साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लाल बहादुर विष्टले प्रस्तुत गरे । यसै गरी संस्थाको लेखा प्रतिवेदन धन बहादुर खडकाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले सहकारी संस्थाले आर्थिक क्षेत्रमा पुगाएको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ । संस्थाका अध्यक्ष गंगादत्त जोशीको अध्यक्षतमा भएको कार्यक्रम सञ्चालन सचिव दिनेश राज भट्टले गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...