नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

Advertisement

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा नेपाली कांग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका हुन्।
भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।”

उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अघि सार्ने विश्वास व्यक्त गरेका छन्।
समयको माग अनुसार पार्टिले आफुलाई डडेल्धुराबाट प्रतिनिधि सभाको टिकट दिने उनले बिश्वास समेत ब्यक्त गरेका छन ।
जनताको मन र मत जितेर सेवकका रूपमा काम गर्ने दृढ संकल्प रहेको उल्लेख गर्दै भट्टले डडेल्धुरावासीले अत्यधिक मत दिएर आफ्नो विश्वासलाई जीवित राख्ने अपेक्षा गरेको बताएका छन्।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भट्टले डडेल्धुरामा दुई अर्ब रुपैयाँभन्दा बढी बजेट रोकिएको विषयमा सरकारलाई खबरदारी गर्ने अभियानको नेतृत्व समेत उनले गरेका थिए।
पेशाले सिभिल इन्जिनियर रहेका भट्टले बीई सिभिल इन्जिनियरिङ र वाटर रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन्।

इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्ट नेपाली काँग्रेसभित्रको काँग्रेस सुधार अभियान (U-40) मा आबद्ध हुँदै युवा आन्दोलनको नेतृत्व गर्ने व्यक्तिका रूपमा समेत चिनिन्छन्। नेपाल बिध्यार्थी संघको राजनिती र डडेलधुराका युवाहरु माझ युवा नेता भट्ट निकै लोकप्रीय समेत रहेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...