कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

Advertisement

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्रेशन फाराम) समयमै नबुझाएको भन्दै जिल्लाका केही माध्यमिक विद्यालयहरूलाई सचेत गराएको छ।
इकाइले सार्वजनिक गरेको सूचनाअनुसार कक्षा १० मा भर्ना भएका एसईई परीक्षा दिने विद्यार्थीहरूको रजिस्ट्रेशन फाराम अनिवार्य रूपमा यस इकाइमा बुझाउनुपर्ने व्यवस्था भए पनि केही विद्यालयहरूले पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत तोकिएको समयसीमाभित्र विवरण पेश नगरेको पाइएको छ।
सूचनामा उल्लेख गरिएअनुसार २०८१ मंसिर महिनामा समेत सम्बन्धित विद्यालयहरूलाई जानकारी गराइए पनि हालसम्म फाराम नबुझाएको पाइएकाले अब त्यसबाट पर्न जाने असर–परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वयं हुने स्पष्ट गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका इकाइ प्रमुख लक्ष्मण गिरीद्वारा हस्ताक्षरित सूचनामा विद्यालय प्रशासनलाई यथाशीघ्र विद्यार्थी विवरण बुझाउन आग्रह गरिएको छ।

इकाइले सार्वजनिक गरेको सूचीअनुसार विवरण नबुझाएका विद्यालयहरूमा वैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगर, शान्ति निकेतन माध्यमिक विद्यालय ऐठपुर, सिद्धार्थ वैजनाथ माध्यमिक विद्यालय बगुन, सिद्धार्थ माध्यमिक विद्यालय महेन्द्रनगर, राष्ट्रिय माध्यमिक विद्यालय अमबस्ती, कालिका माध्यमिक विद्यालय असैना, शान इन्टरनेशनल पब्लिक स्कुल ऐठपुर,सार्क एजुकेशन फाउण्डेसण महेन्द्रनगर लगायतका १५ बिद्यालय रहेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...