देउवाको गृहप्रदेशबाट गगनको शक्ति प्रदर्शन, कांग्रेसको सुदूरपश्चिम भेला आज
धनगढी_ विशेष महाधिवेशनपछि गगन कुमार थापा नेतृत्वको नेपापालि कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा पहिलो ठूलो राजनीतिक शक्ति प्रदर्शन गर्दैछ ।
धनगढीमा हुने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ । भेला निवर्तमान सभापति शेरबहाददुर देउवाको गृहप्रदेशमै आयोजना गरिएकाले यसको राजनीतिक अर्थ अझ चासोका साथ हेरिएको छ ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमीरे धनगढी पुगिसकेका छन् । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलामा प्रतिनिधि सभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने बताइएको छ ।
कांग्रेस स्रोतका अनुसार भेलामा सुदूरपश्चिमका प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ, प्रदेश सरकारको समीक्षा र संगठन...















