देउवाको गृहप्रदेशबाट गगनको शक्ति प्रदर्शन, कांग्रेसको सुदूरपश्चिम भेला आज

Advertisement


धनगढी_ विशेष महाधिवेशनपछि गगन कुमार थापा नेतृत्वको नेपापालि कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा पहिलो ठूलो राजनीतिक शक्ति प्रदर्शन गर्दैछ ।
धनगढीमा हुने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ । भेला निवर्तमान सभापति शेरबहाददुर देउवाको गृहप्रदेशमै आयोजना गरिएकाले यसको राजनीतिक अर्थ अझ चासोका साथ हेरिएको छ ।

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमीरे धनगढी पुगिसकेका छन् । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलामा प्रतिनिधि सभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने बताइएको छ ।

कांग्रेस स्रोतका अनुसार भेलामा सुदूरपश्चिमका प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ, प्रदेश सरकारको समीक्षा र संगठन पुनर्संरचनाको विषय पनि उठ्नेछ । कार्यक्रममा प्रदेश समिति, जिल्ला सभापति, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश सांसद, मन्त्री तथा विभिन्न तहका पार्टी पदाधिकारीलाई सहभागी गराइएको छ । प्रत्येक सहभागीबाट २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

२७ गते हुने दोस्रो चरणको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यसूची छ । उक्त प्रशिक्षण विश्वप्रकाश शर्माले दिने बताइएको छ ।
भेलाको समन्वयको जिम्मा प्रकााशश रसाइली स्नेहिलाई दिइएको छ भने सहजीकरणमा उदय शमसेर खटिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...