Day: २०८३ बैशाख २६, शनिबार

हर्कलाई बालेनको सन्देश : “आक्रोश होइन, सहकार्यबाट देश बन्छ”

हर्कलाई बालेनको सन्देश : “आक्रोश होइन, सहकार्यबाट देश बन्छ”

Breaking News 1, राजनीति
काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र साहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै संयमता, सहकार्य र सभ्य संवादको सन्देश दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बालेनले समाज परिवर्तनका लागि हर्क साम्पाङले खेलेको भूमिकाको प्रशंसा गर्दै अबको राजनीति आरोप–प्रत्यारोपभन्दा माथि उठ्नुपर्ने बताएका हुन् । उनले देश निर्माणका लागि आपसी सम्मान, सकारात्मक सोच र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै असहमति भए पनि त्यसको समाधान “सभ्य संवाद र विवेकपूर्ण बहस” बाट खोजिनुपर्ने धारणा राखेका छन् । “राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” बालेनको सन्देशमा उल्लेख छ । पछिल्लो समय हर्क साम्पाङले सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषयदेखि अध्यादेश, बजेट र सरकारको कार्यशैलीमाथि लगातार आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । उनले सरकार “दुर्घटनातिर कुदिरहेको” आरोपसमेत...
देउवाको गृहप्रदेशबाट गगनको शक्ति प्रदर्शन, कांग्रेसको सुदूरपश्चिम भेला आज

देउवाको गृहप्रदेशबाट गगनको शक्ति प्रदर्शन, कांग्रेसको सुदूरपश्चिम भेला आज

Breaking News 2, समाचार
धनगढी_ विशेष महाधिवेशनपछि गगन कुमार थापा नेतृत्वको नेपापालि कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा पहिलो ठूलो राजनीतिक शक्ति प्रदर्शन गर्दैछ । धनगढीमा हुने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ । भेला निवर्तमान सभापति शेरबहाददुर देउवाको गृहप्रदेशमै आयोजना गरिएकाले यसको राजनीतिक अर्थ अझ चासोका साथ हेरिएको छ । भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमीरे धनगढी पुगिसकेका छन् । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलामा प्रतिनिधि सभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने बताइएको छ । कांग्रेस स्रोतका अनुसार भेलामा सुदूरपश्चिमका प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ, प्रदेश सरकारको समीक्षा र संगठन...