Author: साइनो नेटवर्क

आयो २०८३ सालमा बैंक बिदाको क्यालेन्डर, दशैंमा ७ र तिहारमा ५ दिन (सूचीसहित)

आयो २०८३ सालमा बैंक बिदाको क्यालेन्डर, दशैंमा ७ र तिहारमा ५ दिन (सूचीसहित)

समाचार
  लालझाडी । नेपाल राष्ट्र बैंकले आगामी वर्ष विक्रम संवत् २०८३ सालका लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८३ सालभरी हुने सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदा र बैंकिङ कारोबार समयको बारेमा जानकारी गराएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको बिदाको सूची अनुसार २०८३ सालको बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि सुरु भई कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन हुनेछ। त्यस्तै, अर्को ठूलो चाड तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन रहनेछ । अन्य मुख्य बिदाका मितिहरू यसप्रकार छन्ः नयाँ वर्षः वैशाख १ गते विश्व मजदुर दिवस बुद्ध जयन्ती / उभौली पर्वः वैशाख १८ गते गणतन्त्र दिवसः जेठ १५ गते रक्षाबन्धनः भदौ १२ गते गाईजात्राः भदौ १३ गते श्रीकृष्ण ...
जनउत्थान सामुदायिक लघुवित्त ले गर्यो कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त ले गर्यो कर्जा मिनाहा

अर्थ, समाचार
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय शान्ती बजार अन्र्तगत,बर्दिया जिल्लाको गेरुवा गा.पा.वार्ड न.१ थापापुर स्थीत संचालनमा रहेको जुनतारा महिला बैंकीङ समुदाय, सदस्यता कोड न.३९.००५५.०१.३ मा आवद्ध रहेकी सदस्य खगीसरा बुढा को श्रीमान गोबिन्द बहादुर बुढा को मिति २०८२ माघ ०५गते आफनै घरमा एक्कासी मृत्यु भएको थियो,साथै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनुसार ,यस बिमा कम्पनी बाट प्राप्त भएको मृतकको कर्जा सुरक्षण बिमा दाबी रकम रु ६५०००। र क्रिया खर्च रकम रु १५०००। गरी जम्मा बिमा सुरक्षण दाबी रकम रु ८०,०००।...
कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखे इरानको ग्यास क्षेत्र पुर्णरुपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखे इरानको ग्यास क्षेत्र पुर्णरुपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

अन्तर्राष्ट्रिय
मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । उहाँले यदि तेहरानले कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेमा, संयुक्त राज्य अमेरिकाले इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्रलाई व्यापक रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ। हालैका आक्रमणहरूपछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै पाँच प्रतिशतले बढेको छ, जसले आपूर्ति शृङ्खला दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ । इरानले कतारको रास लाफान एलएनजी केन्द्रसहित खाडी क्षेत्रका ऊर्जा संरचनामा शृङ्खलाबद्ध आक्रमण गरेको छ, जुन इजरायलले दक्षिण पार्स क्षेत्रमा गरेको आक्रमणको प्रतिकारका रूपमा भएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले इरानले कतारमाथि आक्रमण रोकेमा इ...
शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

Breaking News 1, समाचार
काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो । बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । घाइते राईलाई अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उहाँको भनाइ छ ।...
नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

Breaking News 2, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेवा करारको म्याद थप गर्ने प्रयोजनका लागि घुस लेनदेन गरेको पुष्टि भएपछि आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार नगर प्रमुख वादीले विगत आठ वर्षदेखि करारमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको म्याद थप गरिदिएबापत एक लाख रुपियाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ। शाहले नगर प्रमुखको बैँक खातामा उक्त रकम जम्मा गरेको भौचरसहित उजुरी दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो। नगर प्रमुख वादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले बिगो एक लाख रुपियाँ कायम गरी कैद र जरिवाना...
सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग

सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग

समाचार, सुदूरपश्चिम
एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो  १४ अौँ वार्षिक उत्सवको अवसर पारी कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।  प्रादेशिक कार्यालय धनगढी मार्फत  सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको  हो लघुवित्तले १३ वर्ष पुरा गरी १४ वर्ष पुरा गरेको अवसरमा सहारा घरलाई खाद्यान्न सहयोग गरिएको लघुवित्तका धनगढी प्रादेशिक कार्यालयका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए । उनका अनुसार सहारा घरलाई ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि, १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगुन सहयोग गरिएको हो । आईतबार एक कार्यक्रमका बिच सो सामग्री सहारा घरलाई हस्तान्तरण गरिएको छ । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन...
दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी धामीको मृत्यु

दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी धामीको मृत्यु

Breaking News 1, समाचार
दार्चुलामा निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लडेर २७ बर्षीय युवकको मृत्यु भएको छ। बिहीबार निर्वाचन प्रहरीबाट बिदाइ भएर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका २७ बर्षीय प्रकाश धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।   लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थायी प्रहरी पोष्ट वित्थड भरडकोटमा निर्वाचन प्रहरीको विदाइ कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा दानै भीरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका धामीको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भीरबाट लडेर घाइते भएका धामीलाई तत्कालै गोकुलेश्वर अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेपछि धनगढी...
बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार

बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार

Breaking News 1, अन्तर्राष्ट्रिय
इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको छ। रोयटर्सका अनुसार एउटा मिसाइल दूतावासको भवनमा ठोक्किएको र त्यसपछि धुवाँ निस्किएको देखिएको थियो। यद्यपि, यसबाट भएको क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन। एपीको रिपोर्ट अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको थियो। एएफपीले भने दूतावासमाथि ड्रोन आक्रमण भएको उल्लेख गरेको छ। बगदादमा इरान समर्थित दुई लडाकु मारिएको खबर आएलगत्तै यो आक्रमण भएको हो।...
भट्टकाे अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ

भट्टकाे अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ

ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
  फागुन ८, डडेल्धुरा साईनाे सम्बाददाता डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ७ मा अवस्थित शिवशंकर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ। निवर्तमान अध्यक्षले राजीनामा दिएपछि आज नयाँ शिक्षक अभिभावक सङ्घ गठन गरिएको हो। आज बसेको अभिभावकहरूको भेलाले लक्ष्मण प्रसाद भट्ट को अध्यक्षतामा  शिक्षक अभिभावक सङ्घ गठन गरेको हाे । स्थानीय क्षेत्रमा विभिन्न  सामाजिक सेवामा अगाडि रहेका भट्टले अाफु विद्यालयकाे शिक्षक अभिभावक संघकाे अध्यक्ष भएपछि विद्यालयकाे शैक्षिक तथा अन्य विकासमा विगतमा पनि सहयाेग गरिरहेकाे र फेरि पनि लागिपर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै शिक्षक अभिभावक संघकाे अध्यक्ष राम्राे व्यक्ति छानिएकाेमा खुसि व्यक्त गर्दै विद्यालयका  व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर धानुकले विद्यालयकाे शैक्षिक गुणस्तर सुधार तथा चाैतर्फि विकासमा नयाँ समितिसँग मिलेर अगाडि...