फागुन ८, डडेल्धुरा
साईनाे सम्बाददाता
डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ७ मा अवस्थित शिवशंकर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ। निवर्तमान अध्यक्षले राजीनामा दिएपछि आज नयाँ शिक्षक अभिभावक सङ्घ गठन गरिएको हो। आज बसेको अभिभावकहरूको भेलाले लक्ष्मण प्रसाद भट्ट को अध्यक्षतामा शिक्षक अभिभावक सङ्घ गठन गरेको हाे । स्थानीय क्षेत्रमा विभिन्न सामाजिक सेवामा अगाडि रहेका भट्टले अाफु विद्यालयकाे शिक्षक अभिभावक संघकाे अध्यक्ष भएपछि विद्यालयकाे शैक्षिक तथा अन्य विकासमा विगतमा पनि सहयाेग गरिरहेकाे र फेरि पनि लागिपर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै शिक्षक अभिभावक संघकाे अध्यक्ष राम्राे व्यक्ति छानिएकाेमा खुसि व्यक्त गर्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर धानुकले विद्यालयकाे शैक्षिक गुणस्तर सुधार तथा चाैतर्फि विकासमा नयाँ समितिसँग मिलेर अगाडि बढ्न धेरै सहजहुने विश्वास व्यक्त गरे ।

अाज गठन गरिएकाे समितिमा शिक्षक प्रतिनिधि अगबर चुनारा, माेहन वहादुर महता तथा सदस्य सचिव प्रधानाध्यापक केशवराज अवस्थि लगायत जम्मा ११ जना सदस्यहरू सर्वसम्मत छानिएका हुन ।