Author: साइनो नेटवर्क

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

अन्तर्राष्ट्रिय
  लालझाडी ३ कंचनपुर, लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ। यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०११ मा गरिएको जनगणनाले भारतको जनसङ्ख्या एक अर्ब २१ करोड रहेको देखाएको थियो। अहिले भने यो सङ्ख्या एक अर्ब ४० करोड नाघिसकेको अनुमान गरिएको छ, जसले भारतलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित गरेको छ। सन् २०२१ मै सुरु गर्ने योजना भए पनि कोभिड–१९ महामारी र व्यवस्थापकीय चुनौतीका कारण जनगणना स्थगित हुँदै आएको थियो। नयाँ जनगणनाको पहिलो चरण बुधबारदेखि सुरु भई सेप्टेम्ब...
यी ३० सार्वजनिक निकाय खारेज गर्दै बालेन सरकार: अर्बौँको बचत, सयौँको जागिर चट

यी ३० सार्वजनिक निकाय खारेज गर्दै बालेन सरकार: अर्बौँको बचत, सयौँको जागिर चट

समाचार
लालझाडी ३ कंचनपुर ,प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक भर्ती केन्द्र बनाइएका ३० वटा सार्वजनिक निकायहरूलाई खारेज, समायोजन (गाभ्ने) र हस्तान्तरण गर्ने प्रक्रिया थालेको छ। विगतका विभिन्न चार वटा अध्ययन कार्यदल र ‘सुशासन मार्गचित्र २०८२’ लाई आधार मानेर सरकारले तत्काल यी निकायहरूको खारेजी, हस्तान्तरण र समायोजन प्रक्रिया अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सरकारले विभिन्न समिति, कोष, आयोजना, परियोजना, केन्द्र, कार्यक्रम र बोर्ड गठन गरी दल तथा प्रभावशाली व्यक्तिनिकटलाई राजनीतिक नियुक्ति दिने यस्ता सार्वजनिक निकाय खारेजीलगायतका प्रक्रियाबाट बर्सेनि अर्बौं रुपैयाँ बचत हुने सरकारको भनाइ छ। सरकारले २०५१ सालमा बनेर हालसम्म कार्यान्वयनमै नआएको ऐन कार्यान्वयन गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिदेखि निर्वाचनका बेलामात्र सक्रिय हुने जिल्ला ...
त्रिबेणी क्याम्पस जोगबुडामा तिन दिने कार्यसाला सम्पन्न

त्रिबेणी क्याम्पस जोगबुडामा तिन दिने कार्यसाला सम्पन्न

शिक्षा
लालझाडी कंचनपुर ,डडल्धुरा जिल्लाको भित्रि मधेस जागबुढामा रहेको एक मात्र क्याम्पस त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडामा प्रध्यापकहरुको शैक्षिक अध्ययन र प्रकासन सम्बन्धी तिन दिने कार्यशाला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुदुर पश्चिम बिश्वबिद्यायका अनुसञ्धान बिभाग निर्देशक डा. दमन बहादुर चलाउनेको प्रमुख सहभागीतामा सञ्चालन भएको कार्यशालामा सुदुरपश्चिम बिश्वबिद्यालय भाषा साहित्य तथा संस्कती अध्ययन केन्द्रका निर्देशक प्रा.डा.हरिस चन्द्र भट्ट, सह प्रा.डा. हरि कृष्ण कडायत उप प्रा.डा. मदन देउपा ,उप प्रा.डा.सिवराज पौडेलले क्याम्पसका १८ जना प्रध्यापक र तिन जना कर्मचारी लाइ विविध बिषयमा प्रशिक्षण दिनु भएकोे थियो।शिक्षा,ब्यवस्थापन र मानविकी संकायमा अध्ययन अध्यापन भइहेको त्रिवेणी बहुमुखी क्याम्पसमा यो कार्यशाला बाट प्रध्यापकहरुले कुनै पनि बिषय बस्तु माथि अध्ययन अनुसञ्धान के कसरी गर्ने अनुसञ्धान लेखन...
सात महिनामा वीरगन्जमा ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगन्जमा ६६ अर्ब ४८ करोडको निर्यात

ताजा अपडेट
  लालझाडी कंचनपुर ,वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ। गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ। गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताए। चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ। रू चार अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ। रू चार अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। रू तीन अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने रू दुई अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न ...
ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने-‘कानुनभन्दा माथि कोही छैन

ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने-‘कानुनभन्दा माथि कोही छैन

राजनीति
  लालझाडी, चैत १४ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्दै उनले कानुनभन्दा माथि कोही नरहेको जनाएका हुन् ।कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो ,मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् ।आयोगले ओली, लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ परिसकेका छन् ।...
पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा

पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा

Breaking News 2, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रक्राउ परेका छन् । शनिवार विहान ओलीलाई उनको भक्तपुरको गुन्डुस्थित निवासबाट र लेखकलाई पनि उनको भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको हो । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरि घटेको घटानामा संलग्न भएको आरोपको अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई प्रक्राउ गरिएको जानकारी दिएको छ । नेपालको इतिहासमा पहिलो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पुरा गरिसकेका व्यक्तिहरुलाई ज्यान मारेको अभियोगमा पक्राउ गरिएको हो । शुक्रवार बालेन शाह नेतृत्वको नयाँ सरकार बनेसँगै बसेको मन्त्रिपरिषदको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गृहमन्त्री सुधन गुरुङले शुक्रवार लाम...
अर्थमन्त्री डा. वाग्लेले सम्हाले पदभार‚ राजस्व अनुसन्धान विभाग र १५ ओटा ऐन खारेज गर्नेलगायत निर्णय गरे

अर्थमन्त्री डा. वाग्लेले सम्हाले पदभार‚ राजस्व अनुसन्धान विभाग र १५ ओटा ऐन खारेज गर्नेलगायत निर्णय गरे

अर्थ, राजनीति
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेका छन् । पद तथा गोपनीयताको शपथ लिएपश्चात अर्थ मन्त्रालयमा पदभार सम्हाल्दै राजस्व अनुसन्धान विभाग र १५ ओटा ऐन खारेज गर्नेलगायत निर्णय गरेका छन् । उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनबाट सिफारिश भएका राजस्व अनुसन्धान विभाग र १५ ओटा ऐन खारेज गर्ने निर्णय गरेका हुन् । उनले कार्यभार सम्हाल्दै २०८२ चैत १२ सम्मको ‘आर्थिक स्थितिपत्र’ ५ दिनभित्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन् । यसैगरी‚ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिश भएको राजस्व अनुसन्धान विभागलगायत १५ ओटा ऐन खारेज गर्ने र निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरणलगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृ...
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय यी हुन्

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय यी हुन्

Breaking News 2, राजनीति, समाचार
काठमाडौं । सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।...
प्रधानमन्त्रीको शपथ आज

प्रधानमन्त्रीको शपथ आज

Breaking News 1, राजनीति, समाचार
संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीवार बसेको संसदीय दल बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेसँगै उनलाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ । शाहले प्रधानमन्त्रीको शपथ लिने शुभसाइत शुक्रवार दिनको १२:३४ बजे तय गरिएको छ । शुभसाइतअनुसार शाहको शपथ र पदभार ग्रहणका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय तयारीमा जुटिसकेको छ । शपथग्रहण समारोहमा सातओटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिवाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गराइने बताइएको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बालेनले २  बजेर १५ मिनेटमा प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने साइत जुरेको र सोहीअनुसार व्यवस्था मिलाइएको छ । संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप...
दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

Breaking News 1, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि गरेको हो । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपियाँ र तेस्रो वर्गमा १८७ रुपियाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपियाँ र तेस्रो वर्गमा १६७ रुपियाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपियाँ पर्ने भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाड...