Author: साइनो नेटवर्क

शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

शिक्षा
माननीय मन्त्रीज्यु, सरुवालाई कहिल्यै पेचिलो विषय बनाउन हुँदैन । यो त सरल, स्वचालित, पुर्वानुमानित र नियमित हुनुपर्दछ । जागिर खानभन्दा मुस्किल सरुवामा हुन थाल्यो भने झन् चलखेल सुरु हुन्छ । शिक्षकहरुमा Mass Frustration सुरु हुन्छ । Frustrated शिक्षकले जतिसुकै अब्बल नै भएपनि Productivity दिन सक्दैन । म शिक्षा समितिका सम्पूर्ण माननीयज्युहरुलाई आग्रह गर्न चाहान्छु- बरु एउटा अनुसन्धान नै गरौँ यो विषयमा। आयोग लडेर स्थायीमा नाम निकालेको शिक्षक त खुसी हुनुपर्ने हो । स्थायीमा नाम निकाल्नु धेरै युवाको सपना हो । तर, नाम निस्किएपछि शिक्षक किन बेखुसी छन् । किन शिक्षक भएकोमा Regret महसुश गरिरहेका छन् ? यसको समाधान के हो ? धेरैले टिप्पणी गरेको देखिन्छ- “जाने बेला दुर्गम कोटामा गएर नाम निकाल्ने, अनि अहिले आएर सरुवा चाहियो भन्न पाइन्छ ?” यो तर्क एक हिसाबले ठीक हो । तर, अन्यायपूर्ण कहाँनेर छ भने, क...
हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग

हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग

आजको विशेष
  नेपालका लघुवित्त वित्तीय संस्थाहरुले विगत केही वर्षदेखि विभिन्न चुनौतीहरुको सामना गरिरहेका छन्। आर्थिक मन्दी, सदस्यहरुको आम्दानीमा आएको कमी, प्राकृतिक विपद्, वैदेशिक रोजगारीको अनिश्चितता, बहुऋणग्रस्तता तथा कर्जा असुलीमा आएको जटिलताले संस्थाहरुको वित्तीय अवस्था प्रभावित भएको छ। यस्ता चुनौतीपूर्ण परिस्थितिमा संस्थालाई दिगो रुपमा सञ्चालन गर्न व्यवस्थापन, कर्मचारी र सदस्यबीचको विश्वास तथा सहकार्य सबैभन्दा महत्वपूर्ण आधार हो। जोखिम व्यवस्थापन र कर्जा असुलीको दृष्टिकोणबाट हेर्दा असुली केवल पैसा उठाउने प्रक्रियामात्र नभएर सदस्यसँगको सम्बन्ध जोगाउने माध्यम पनि हो। प्रत्येक सदस्यको वास्तविक अवस्था बुझेर समाधानमुखी संवाद गर्न आवश्यक हुन्छ। आर्थिक समस्या भएका सदस्यलाई किस्ता पुनर्तालिकीकरण, व्यावहारिक भुक्तानी योजना तथा आयआर्जन बढाउने उपायहरुबारे परामर्श दिन सकिन्छ। यसले सदस्यलाई संस्...
यो यात्रा हो जिन्दगीको चलिरहन्छ -गजलकार महता

यो यात्रा हो जिन्दगीको चलिरहन्छ -गजलकार महता

कला/साहित्य
गजल यो यात्रा हो जिन्दगीको चलिरहन्छ । जसरी कर्नाली अविरल बगिरहन्छ । पीडा भुल्न हर कोशिश जारी राखे, तै पनि एकपछि अर्को थपिरहन्छ । लाग्छ यो मुटु सार्वजनिक स्थान हो , सुख दुखले टहरो बनाइ बसिरहन्छ । अागो पानीको मित्रता कस्तो होला , जो रहेक समयमा फेरि फर्किरहन्छ । एकपछि अर्को पिडाको लहर चल्यो , जसरी घडीको सुईले पिछा गरिरहन्छ । @जय सिंह महता ...
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

Breaking News 2, समाचार
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभा उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् । सुब्बा पूर्वडीआईजी र वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।...
रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

Breaking News 2, राजनीति
चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारदेखि रोकिएको मङ्गलबार दिउँसो साढे ३ बजेपछि बन्दसत्र सुरु भएको हो। रास्वपाका शीर्ष नेता बन्दसत्र हुने हलमा पुगिसकेका छन्। पार्टी सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता मञ्चमा उपस्थित हुनुहुन्छ। सभापति लामिछानेले घण्टी बजाएर बन्दसत्रको सुरुवात गर्नुभएको छ। बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिनुभएको छैन। प्रधानमन्त्री शाह राजनीतिक प्रतिवेदन पेस गर्नुअघि हलमा उपस्थित हुनुहुने छ । बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले भन्नुभयो, “हामीले देखेका सपनालाई आधिकारिकता दिने यो अवसर हो।” सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको उल्लेख गर्दै परिणाम दिनुपर्नेमा जोड दिनुभयो । रास्वपामा योग्य व्यक्तिलाई मात्र प्...
लालझाडी गाउँपालिकाको २० औँ गाउँसभामा ४६ करोड बजेट पारित

लालझाडी गाउँपालिकाको २० औँ गाउँसभामा ४६ करोड बजेट पारित

आजको विशेष
असार ०९,लालझाडी ३। कञ्चनपुरको लालझाडी गाउँपालिकाको २० औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। सोमबार गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। सभामा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।प्रस्तुत बजेटअनुसार आन्तरिक आय ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ९ करोड ५३ लाख, सशर्त अनुदान (चालु) १५ करोड ४२ लाख, सशर्त अनुदान (पुँजीगत) २८ लाख, विशेष अनुदान २ करोड २० लाख तथा समपूरक अनुदान २ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ९९ लाख ४० हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण ८५ लाख ६९ हजार, राजस्व बाँडफाँड १ करोड, सशर्त अन...
ईसान मेमोरियल अस्पताल द्धारा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन ८० जना लाभान्वीत

ईसान मेमोरियल अस्पताल द्धारा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन ८० जना लाभान्वीत

समाचार
लालझाडी ३। स्वास्थ्य सेवा अझै पनि धेरै ग्रामीण बस्तीका लागि सहज पहुँचको विषय बनेको छैन । आर्थिक अभाव, दूरी र जानकारीको कमीका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नपाउने अवस्था धेरै ठाउँमा यथावत् छ । यस्तै अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित कुण्डा पिकनिक स्पोर्टमा ईशान मेमोरियल अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा अस्पतालका चिकित्सक डा. जाकिर आलम नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो । टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै रोगको प्रारम्भिक पहिचान, उपचार र आवश्यक सावधानीबारे परामर्शसमेत दिएको थियो । शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो । दिनभर सञ्चालन भएको शिविरमार्फत करिब ८० जना बिरामीले स्वास्थ्य परीक्षण, रगत जाँच, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । अस्पतालका...
एसईई लालझाडी नतिजा ०८२ सरकारी बिध्यालयकाे शुन्यदेखि दयनिय अवस्था

एसईई लालझाडी नतिजा ०८२ सरकारी बिध्यालयकाे शुन्यदेखि दयनिय अवस्था

सुदूरपश्चिम
भानु पालिकामै प्रथम निरन्तरता, पछ्याउँदै त्रिनेत्र लालझाडी ३कञ्चनपुर २८ जेष्ठ। कञ्चनपुरको लालझाडी गाँउपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा अत्यन्तै दयनिय आएको छ । लालझाडीमा सरकारी लगानीमा संचालनमा रहेका विद्यालयको नतिजा अत्यन्तै दयनिय आएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको लालझाडी गाँउपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी विद्यालयको नतिजा अन्यन्तै कमजोर आएको छ । लालझाडीका एक निजी सहितका ७ विद्यालयका दुईसय ९४ मध्ये ६० जना विद्यार्थी मात्रै उर्तीण भएका छन । पालिभरी २० प्रतिशत मात्रै विद्यार्थी उर्तीण भएपछि चौतर्फि रुपमा आलोचना भईरहेको छ । लालझाडीको एक मात्रै निजी विद्यालय त्रिनेत्र शिक्षा एकेडेमीका १६ मध्ये १५ विद्यार्थी उतिर्ण भएका छन । ०८१ मा पनि त्रिनेत्र एकुगेशन एकेडेमीका २८ मध्ये २१ उर्तीण भएका थिए । गाँउपालिकाभर एक मात्रै मावि स्तरको निजी विद्यालयले सरका...
राज्य व्यवस्था समितिको बैठक स्थगित ,रास्वपा सांसद जिल्ला अधिवेशनमा व्यस्त

राज्य व्यवस्था समितिको बैठक स्थगित ,रास्वपा सांसद जिल्ला अधिवेशनमा व्यस्त

समाचार
लालझाडी कंचनपुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक रास्वपाबाट समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरूको अनुपस्थितिका कारण स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिनुभयो उनका अनुसार रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेकाले समितिका सदस्य सांसदहरू अधिवेशनमा सहभागी हुन विभिन्न जिल्लामा पुगेका छन्। यही कारण बैठक सञ्चालन गर्न उपयुक्त अवस्था नरहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो। बैठकमा अघिल्ला निर्णयहरूको कार्यान्वयन प्रगतिबारे समीक्षा गर्ने, समितिअन्तर्गत विभिन्न उपसमिति गठन गर्ने तथा बैठक सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो। समितिले हाल ...
जातीय विभेद अन्त्यका लागि सामूहिक अभियानको खाँचो : मन्त्री सार्की

जातीय विभेद अन्त्यका लागि सामूहिक अभियानको खाँचो : मन्त्री सार्की

समाचार
लालझाडी ३ कंचनपुर ,सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले जातीय भेदभाव तथा छुवाछुत जस्तो अमानवीय व्यवहारको अन्त्य नगरी समतामूलक, सभ्य र समृद्ध समाज निर्माण सम्भव नहुने बताउनु भएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकामा २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा आयोजित भेदभाव उन्मूलन सम्बन्धी सचेतना तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री सार्कीले संविधान र कानुनले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिसकेको भए पनि समाजका विभिन्न तहमा अझै विभेदका घटना देखिनु दुःखद रहेको बताउनुभयो।जातीय भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै समानता, सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति मार्फत मात्र समुन्नत राष्ट्र निर्माण गर्न सकिने धा...