राज्य व्यवस्था समितिको बैठक स्थगित ,रास्वपा सांसद जिल्ला अधिवेशनमा व्यस्त

Advertisement

लालझाडी कंचनपुर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक रास्वपाबाट समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरूको अनुपस्थितिका कारण स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिनुभयो
उनका अनुसार रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेकाले समितिका सदस्य सांसदहरू अधिवेशनमा सहभागी हुन विभिन्न जिल्लामा पुगेका छन्। यही कारण बैठक सञ्चालन गर्न उपयुक्त अवस्था नरहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो। बैठकमा अघिल्ला निर्णयहरूको कार्यान्वयन प्रगतिबारे समीक्षा गर्ने, समितिअन्तर्गत विभिन्न उपसमिति गठन गर्ने तथा बैठक सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो। समितिले हाल विभिन्न उजुरीहरूको अध्ययन तथा छानबिनका लागि छुट्टै उपसमिति गठन गर्ने तयारी गरिरहेको छ। साथै समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र सरकारी निकायहरूको कामकारबाहीको अध्ययन, अनुगमन तथा मूल्याङ्कनका लागि अर्को उपसमिति गठन गर्ने तयारी पनि अघि बढाइएको छ। समितिको अर्को बैठक कहिले बस्ने भन्नेबारे भने तत्काल निर्णय भइसकेको छैन भनि भन्नुभयो .

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...