जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

Advertisement

 

साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रूपैयाँँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । शाखा संचालन कार्यालयमा कर्जा बीमा गरेका सेयर सदस्यको निधनपछि पीडितका परिवारलाई ४ लाख रूपैयाँँ बीमा हस्तान्तरण गरेको हो ।

 

शाखा कार्यालयका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ । शाखा संचालन कार्यालय ककौराका शाखा संचालन अधिकृत हंश नेपालीले शाखाअन्तर्गत गठित समूहमा सितली दमाई आधिकारिक रूपमा दर्ता भएकी सदस्य भएको बताए । सितलीले कर्जा लिँदा साक्षीका रूपमा श्रीमान् जैदे दमाईलाई राखेकी थिइन् । जैदेको साउन महिनामा कालगतिले निधन भएको थियो ।

संस्थामा आधिकारिक रूपमा दर्ता सदस्यकी रूपमा रहेकी सितलीलाई उनको घरमा पुगेर ४ लाखको चेक हस्तान्तरण गरेको शाखा प्रमुख नेपालीले मिसन टुडे दैनिकलाई जानकारी दिए । संस्थाबाट बीमा रकमवापत ४ लाख रूपैयाँँ प्राप्त गरेपछि सितलीले खुसी प्रकट गरिन् । उनले भनिन्, ‘श्रीमानको दुःखद् निधन भयो । हाम्रो घरको आर्थिक अवस्था नाजुक छ । यो रकमले केही व्यवसाय गर्नेछु ।’
यता, सदस्यहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको बताए ।

परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धिमा योगदान पुरयाउने शाखा संचालन अधिकृत नेपालीको भनाइ छ । चालू आर्थिक वर्षमा मात्रै पाँचजना परिवारलाई बीमा रकमवापत रकम हस्तान्तरण गरिसकेको जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था शाखा संचालन  कार्यालय ककौरा बर्दियाले जनाएको छ ।

जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रूपैयाँँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । शाखामा कर्जा बीमा गरेका सेयर सदस्यको निधनपछि पीडितका परिवारलाई ४ लाख रूपैयाँँ बीमा हस्तान्तरण गरेको हो ।

शाखा संचालन कार्यालयका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ । संस्थाका शाखा प्रमुख हंश नेपालीले शाखाअन्तर्गत गठित समूहमा सितली दमाई आधिकारिक रूपमा दर्ता भएकी सदस्य भएको बताए । सितलीले कर्जा लिँदा साक्षीका रूपमा श्रीमान् जैदे दमाईलाई राखेकी थिइन् । जैदेको साउन महिनामा कालगतिले निधन भएको थियो ।

संस्थामा आधिकारिक रूपमा दर्ता सदस्यकी रूपमा रहेकी सितलीलाई उनको घरमा पुगेर ४ लाखको चेक हस्तान्तरण गरेको शाखा संचालन अधिकृत नेपालीले जानकारी दिए । संस्थाबाट बीमा रकमवापत ४ लाख रूपैयाँँ प्राप्त गरेपछि सितलीले खुसी प्रकट गरिन् । उनले भनिन्, ‘श्रीमान्को दुःखद् निधन भयो । हाम्रो घरको आर्थिक अवस्था नाजुक छ । यो रकमले केही व्यवसाय गर्नेछु ।’
यता, सदस्यहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको बताए ।

परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धिमा योगदान पु¥याउने शाखा प्रमुख नेपालीको भनाइ छ । चालू आर्थिक वर्षमा मात्रै पाँचजना परिवारलाई बीमा रकमवापत रकम हस्तान्तरण गरिसकेको जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...