Day: २०८३ जेष्ठ २२, शुक्रबार

राज्य व्यवस्था समितिको बैठक स्थगित ,रास्वपा सांसद जिल्ला अधिवेशनमा व्यस्त

राज्य व्यवस्था समितिको बैठक स्थगित ,रास्वपा सांसद जिल्ला अधिवेशनमा व्यस्त

समाचार
लालझाडी कंचनपुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक रास्वपाबाट समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरूको अनुपस्थितिका कारण स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिनुभयो उनका अनुसार रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेकाले समितिका सदस्य सांसदहरू अधिवेशनमा सहभागी हुन विभिन्न जिल्लामा पुगेका छन्। यही कारण बैठक सञ्चालन गर्न उपयुक्त अवस्था नरहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो। बैठकमा अघिल्ला निर्णयहरूको कार्यान्वयन प्रगतिबारे समीक्षा गर्ने, समितिअन्तर्गत विभिन्न उपसमिति गठन गर्ने तथा बैठक सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो। समितिले हाल ...
जातीय विभेद अन्त्यका लागि सामूहिक अभियानको खाँचो : मन्त्री सार्की

जातीय विभेद अन्त्यका लागि सामूहिक अभियानको खाँचो : मन्त्री सार्की

समाचार
लालझाडी ३ कंचनपुर ,सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले जातीय भेदभाव तथा छुवाछुत जस्तो अमानवीय व्यवहारको अन्त्य नगरी समतामूलक, सभ्य र समृद्ध समाज निर्माण सम्भव नहुने बताउनु भएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकामा २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा आयोजित भेदभाव उन्मूलन सम्बन्धी सचेतना तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री सार्कीले संविधान र कानुनले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिसकेको भए पनि समाजका विभिन्न तहमा अझै विभेदका घटना देखिनु दुःखद रहेको बताउनुभयो।जातीय भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै समानता, सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति मार्फत मात्र समुन्नत राष्ट्र निर्माण गर्न सकिने धा...