शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

Advertisement

माननीय मन्त्रीज्यु,

सरुवालाई कहिल्यै पेचिलो विषय बनाउन हुँदैन । यो त सरल, स्वचालित, पुर्वानुमानित र नियमित हुनुपर्दछ । जागिर खानभन्दा मुस्किल सरुवामा हुन थाल्यो भने झन् चलखेल सुरु हुन्छ । शिक्षकहरुमा Mass Frustration सुरु हुन्छ । Frustrated शिक्षकले जतिसुकै अब्बल नै भएपनि Productivity दिन सक्दैन ।

म शिक्षा समितिका सम्पूर्ण माननीयज्युहरुलाई आग्रह गर्न चाहान्छु- बरु एउटा अनुसन्धान नै गरौँ यो विषयमा। आयोग लडेर स्थायीमा नाम निकालेको शिक्षक त खुसी हुनुपर्ने हो । स्थायीमा नाम निकाल्नु धेरै युवाको सपना हो । तर, नाम निस्किएपछि शिक्षक किन बेखुसी छन् । किन शिक्षक भएकोमा Regret महसुश गरिरहेका छन् ? यसको समाधान के हो ?

धेरैले टिप्पणी गरेको देखिन्छ- “जाने बेला दुर्गम कोटामा गएर नाम निकाल्ने, अनि अहिले आएर सरुवा चाहियो भन्न पाइन्छ ?”
यो तर्क एक हिसाबले ठीक हो । तर, अन्यायपूर्ण कहाँनेर छ भने, कोही व्यक्ति आजिवन काठमाडौँमा बस्ने वा सहरी क्षेत्रमा घरपायक बस्ने अनि कोही चाहिँ घर परिवार छोडेर दुर्गममा बसिरहन सक्छ त ? कति वर्षका लागि ? दुर्गम भत्ता खोई ? प्रोत्साहन खोई ? मूल्यांकन खोई ? उत्प्रेरणा खोई ?

अर्को तर्क पनि छ – सबै सुगम क्षेत्रमा जाने भए दुर्गममा को बस्ने ? राष्ट्रसेवक भए पछि राज्यले खटाएको ठाउँमा जानु पर्दैन ?

त्यही भएर त कम्तीमा केही वर्ष बस्नैपर्ने भनिएको हो । ऐनले एक वर्षपछि भनेको छ । नियमावलीमा तीन वर्ष आयो ।एक वर्ष मात्र हुँदा नियुक्ति भएको पहिलो वर्षबाट नै शिक्षक सरुवाको चाँजोपाँजोमा लाग्न थाल्नुभएको गुनासो धेरै दुर्गम स्थानका जनप्रतिनिधिबाट पनि आएका कारण २ वा ३ वर्ष राख्नु तर्कसङ्गत नै देखिन्छ । अझ, व्यवहारिक रुपमा ५ वर्ष बढी वा बीसौँ वर्ष बसेका शिक्षक पनि हुनुहुन्छ । तर, बढीमा कति वर्ष बस्नुपर्ने हो ? दुर्गममा बढी सेवा गरेवापत् प्रोत्साहन के हुने ? त्यो पनि खुलाई यसलाई स्वचालित बनाउन नसक्ने हो भने सरुवाको असहजताकै कारण पेशाप्रति नै विकर्षण बढ्ने देखिएको छ ।

नियमावली दशौँ संशोधन राजपत्रमा प्रकाशित हुनुपूर्व नै सरुवाका विषयमा थोरै संशोधन गर्नु पर्छ । बाँकी काम शिक्षा ऐनको नयाँ मस्यौदामा छलफल गरियोस् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...